मन्त्रीमा नियुक्त मनाङेले लिए पद तथा गोपनीयताको शपथ


पोखरा । गण्डकी प्रदेश सरकारमा मन्त्री नियुक्त भएका दीपक मनाङे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद विस्तार गर्दै मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । मनाङे मनाङ प्रदेश ‘ख’ बाट स्वतन्त्र सांसदका रुपमा विजयी भएका थिए ।

उनी केही समयपछि नेकपामा प्रवेश गरेका थिए भने हालै आफू स्वतन्त्र सांसद भएको भन्दै छुट्टै कुर्सीको व्यवस्था गर्न पार्टीलाई बुझाएको लेबी फिर्ता गर्न प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए ।


Loading comments...