Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

सरकारको ध्यान कमिसनमा मात्रै छ : देउवा

४ जेष्ठ २०७८, मंगलवार ०२:४७


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीको ध्यान कमिसनमा मात्रै रहेको आरोप लगाएका छन् । उनले सरकारलाई पनि कमिसनको लोभ रहेको बताए । अहिले सरकारले अक्सिजन र भ्याक्सिन खरिद कसरी गर्ने भन्दा पनि त्यसमा कमिसन खानलाई लागिपरेको समेत देउवाको भनाई छ ।

उनले अहिले स्वास्थ्य संकटकाल लगाउन आवश्यक नरहेको र कांग्रेसले त्यस्तो माग नगर्ने पनि बताएका छन् ।

कांग्रेसको कोभिड– १९ अनुगमन समितिले सोमबार बागमती प्रदेशमा कोभिडको अवस्था र कांग्रेसको भूमिका विषयक भर्चुअल संवादमा देउवाले कांग्रेसले भ्याक्सिन खरिदका लागि सरकारलाई पटक–पटक ध्यानाकर्षण गराइरहेको बताए । आफूहरुले सक्दो छिटो अक्सिजन र भ्याक्सिन ल्याउन आवाज उठाइरहे पनि सरकारले नसुन्ने गरेको उनको भनाई छ ।

‘सरकारका स्वास्थ्यमन्त्री नै यस्तो महामारीका वेला समेत भ्याक्सिन र अक्सिजन खरिदमा पनि कसरी धेरै कमिसन लिने, कति पैसा कमाउने भन्ने कुरा सोचिरहेका छन् ।, सभापति देउवाले भने – सरकारलाई कमिसनको लोभ छ, पैसा चाहिएको छ । मन्त्रीकै ध्यान कमिसनमा देखिन्छ ।’

सरकार भ्याक्सिन ल्याउने र जनतालाई बचाउन तर्फ भन्दा त्यसबाट कति कमाउने भन्नेमा केन्द्रित भएको देउवाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ