कांग्रेस प्रवक्ता शर्माको प्रश्न-राष्ट्रपति भवनमा राष्ट्रपति कि केवल ‘विद्या भण्डारी’ बस्नुहुन्छ ?


काठमाडाैं । नेपाली कांग्रेसले सरकार गठनका लागि राष्ट्रपती विद्या भण्डारीले आह्वान गरेकाेप्रति आपत्ति जनाएकाे छ । कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपति भण्डारीले विश्वासकाे मत पाउने आधार पेश गर्न आह्वान गर्नु संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त षडयन्त्र भएकाे भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्-

रास्ट्रपति भवनमा मेरो देशको रास्ट्रपति बस्नुहुन्छ कि केवल ‘विधा भण्डारी’ बस्नुहुन्छ ? प्रधानमन्त्रीको प्रस्ताव परिपक्व हुन समय किन चाहिएन ? संस्था सेरोमोनियल हुनु र खल्तिको हुनु एउटै हो रु संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त षडयन्त्र आपत्तिजनक छ !

यस्तै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेलले पनि सरकार संसद विघटन गर्ने तयारीमा लागेकाे भन्दै आपत्ति जनाएका छन् ।


Loading comments...