
एमाले महासचिव पोखरेल भन्छन् – एकताको वातावरण धमिलियो
७ जेष्ठ २०७८, शुक्रबार ००:३७
नेकपा एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रियसभाका लागि आज भएको उपनिर्वाचनमा देखिएका हर्कतले नेपाल पक्षसँगको एकताको वातावरण धमिलिएको टिप्पणी गरेका छन् ।
एमाले उम्मेदवार रामबहादुर थापालाई गठबन्धनका डा खिमलाल देवकोटाले पराजित गरेपछि उनले सामाजिक सञ्जालमा आक्रोशपूर्ण टिप्पणी लेख्दै राष्ट्रियसभाको निर्वाचनमा देखिएको हर्कतहरूले एकता धमिलिएको बताएका हुन् ।
उनले पार्टीविरुद्धमा गरिएका अपराधपूर्ण कामले पार्टी विधान, पद्धति, प्रक्रिया, नीति, निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको बताएका छन् ।
‘आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेशसभामा फ्लोर क्रस गर्ने, लुम्बिनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने, ‘सूर्य’ चिन्हबाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरूको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीय/ लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन्,’ उनले भनेका छन् ।
उनले आजको निर्वाचनले विरोधी गठबन्धनका बाबजुद एमाले एक्लै चुनौतीको सामना गर्न सक्षम छ भन्ने स्पष्ट भएको उल्लेख गरेका छन् । उनले विषम् अवस्थामा पार्टी विभाजनविरुद्ध दृढतापूर्वक उभिँदै पार्टी र आन्दोलनको रक्षामा जुट्न आह्वान पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रमुख सचिव र सचिवहरूलाई ६१ बुँदे निर्देशन दिदै प्रदेश भित्र कर्मचारीतन्त्र अटेरी रहेको टिप्पणी गरेको