
नूनिला कविताहरु
४ पुष २०७५, बुधबार ११:४६
कविताका स्वादहरु हुन्छन् । कति गुलीया कविताहरु प्रेमरस अनि भावहरुले भरिएका हुन्छन् । कविता का रगंहरु पनि हुन्छन्, कुनै कविताहरु राता अनि मिठा हुन्छन् अनि कुनै गाढा र गहिरा । लक्ष्मीप्रसाद देवकोटाका पहाडजस्ता कविताहरु अनि शेक्सपियरका समुन्द्रजस्ता फैलिएका झैं लाग्छ मलाई त ।
म कवितालाई छाम्न खोज्दछु अनि शब्दहरुमा डुबुल्कि मार्न चाह गर्दछु । आज म यस्तै एउटा कवियत्रिलाई यहाँ परिचय गर्न जाँदैछु जसका कविताहरुमा नून हुन्छन् ।
नईरा वाहिद, एउटा कवियत्रि हुन् । अहिलेको विश्व साहित्यमा उनका फुटकर कविताहरुको पाठक अनि आत्मसाथ गर्ने जमातहरु दिनानुदिन बढ्दै गएका छन् । उनी भन्छिन उनका कवितामा नून छ, अनि त्यस नूनको स्वादले सबैको जीवन छुन अनि महसुस गर्न सक्दछ ।
उन्को एउटा कविता यहाँ प्रस्तुत छ ।
“expect sadness
like
you expect rain.
both,
cleanse you.”
― Nayyirah Waheed
बेखुशीको यसरी आश गर कि
जसरी तिमी वर्खाको प्रतिक्षा गर्दछौ
किनकि दुबैले तिम्रो हृदयलाई सफा गर्दछ ।
उनी भन्दिछन कि
कतै शान्त छ त कतै द्धन्द छ तर म दुबैतिर छु
यो प्रविधी र पैसाले मात्र तहल्का ल्याइरहेको विश्वमा अबन ईरा जस्ता कविहरुले फेरि कविता मार्फत तहल्क र आन्दोलन गर्ने क्रम शुरु भएको छ ।
“if
the ocean
can calm itself,
so can you.
we
are both
salt water
mixed with
air.”
― Nayyirah Waheed
यदि यो महासागर आँफैमा भिमकाय भएर पनि मौन बस्न सक्दछ भनें
तिमी पनि चुपचाप बस्न सक्दछौ
किनभनें हामी सबै हावामा घुलेका नूनपानी त हौं ।
कविता : आत्म स्वाभिमान कमीका रंगहरु
मैले मेरि आमासंग सिक्न नसकेको एउटा मात्र कुरा
के थियो भने रु
जसले तिम्रो चाहना गर्दछ
तिनले तिम्रो महत्व नराख्न पनि सक्दछ
चाहना एउटा यस्तो कुरा हो
जसले तिमीलाई खाइदिन्छ
तर त्यसपछि पनि भोकै राखिदिन्छ
कविता : आईएसएम
म आफूलाई माया गर्दछु
एउटा शान्त, सरल अनि अहिलेसम्मकै सबैभन्दा शक्तिशाली बिद्रोह पनि यहि हो ।
कविता : तिमी
तिमीले मलाई माया नगर्नु
तिमीले मलाई माया नगर्नु नै
शुरुवात भयो
मैले आफूले आफूलाई माया गर्न थालेको बिन्दुको
कविता : दुख्खको अपेक्षा
दुख्खको अपेक्षा गर
बर्षाको आश गरेझैं
चाहे बर्षा होस् या दुख्ख
दुबैले तिमीलाई सफा गरेर जानेछन्
अमेरिका वासी यि कविले केवल ११ बर्षकै उमेर वाट लेख्न थालेकी हुन् ।
कविता : संसारको अन्त्य
म संसारको अन्त्य भएको तर्फ खासै वास्ता गर्दिन
मेरो लागि यस संसार धेरै पटक अन्त्य भइसकेको छ
र हरेक बिहान नयाँ संसार शुरु हुने गर्दछ ।
कहिलेकाँही एउटा कवितामा
समुन्द्रमा भन्दा धेरै पानी हुन्छ ।
केही उन्का सर्वाधिक रुचाइएका भनाईहरु
म कसैको हुनुभन्दा पहिले
म केवल आफ्नी मात्र हुँ
मैले तिमीलाई माया गरे
किनभने मैले आफूलाई माया गर्नु भन्दा
तिमीलाई माया गर्नु सजिलो लाग्यो
म आफ्नो आत्मा भन्दा ३ वटा सागर पर आएकी छु
यो तिमीलाई अफ्ठेरो पार्ने कुरा हैन
म त आफूलाई सजिलो पार्ने तर्फ सोचिरहेकी छु
अबन ईरा वाहिद आँफै भनें लगभग चुपचाप अनि गुमनाम नै बसेकि तथ्य एकातर्फ छ । उन्को केवल एक वा दुई धमिला तस्बिरहरु मात्र इन्टरनेटमा पाइन्छ । अमेरिका निवासी कवियत्रिले ११ वर्षको उमेरवाटै लेख्न थालेकी बताइन्छ ।
नूनिला कविताका श्रृखलाहरु लिएर आइरहनेछौं । आजलाई विदा अनि हेर्दैरहनु लाईभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले
हो- इन्जिनियर शङ्कर गिरीले जीवनभरी साहित्यको ‘स’ पनि लेखेनन्, तर साहित्यमा उनी पिएच्डीका पात्र भइसकेका छन् । कारण के हो
काठमाडौं । ‘प्रेमिल कवि’को छवि बनाएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर बाल
नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन