
गण्डकीमा ढल्यो एमाले सरकार, मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत
२७ जेष्ठ २०७८, बिहीबार २०:४७
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रदेसभाको विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । विहीबार प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको मतदानमा गुरुङ विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् ।
बैठकमा ५८ जना सहभागीमध्ये ५७ जनाले मतदान गरेकोमा प्रदेशसभाको विश्वासको मतको प्रस्तावको पक्षमा २७, विपक्षमा ३० मत परेका छन् ।
प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत बैशाख २९ मा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार
काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्। शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एमाले १५९ ठाउँको मेयर र अध्यक्षमा अग्र स्थानमा रहेछ । त्यस्तै एमाले १८२ ठाउँको उपमेयर र