Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

गण्डकी प्रदेश मुख्यमन्त्रीमा गुरुङकाे पनि दाबी

२९ जेष्ठ २०७८, शनिबार १७:३५


गण्डकी । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले प्रदेशका संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् ।

आज दिउँसो राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित उनले मुख्यमन्त्रीमा दाबी गरेका हुन् । जनमोर्चाका कृष्ण थापाको पत्र र जसपा प्रदेश कमिटीको पत्रसहित गुरुङले मुख्यमन्त्रीमा दाबी गरेको उनको निजी सचिवालयले जनाएको छ ।

गत बिहीबार विश्वासको मत प्राप्त गर्न नसकेका गुरुङले अहिले फेरि दाबी गर्नुलाई महत्वकासाथ हेरिएको छ । संघ सरकारले गरे जस्तै प्रदेशमा पनि दुबै तर्फबाट बहुमतको दावी पेश भएपछि संबिधानको धारा १६८ (७) अनुसार संसद विघटन हुन सक्ने आशंका वढेको छ ।

यसअघि विपक्षी गठबन्धनले हिजै कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ