Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

काँग्रेसः क्रियाशील नवीकरण छुटेकाहरुले ९ गतेसम्म पुनःनवीकरण गर्न पाउने

५ असार २०७८, शनिबार ०७:०७


काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकण गर्न छुटेकाहरुले यही असार ९ गतेसम्म फेरि नवीकरण गर्न पाउने भएका छन्। क्रियाशील छानविन समितिले शुक्रबार एक सूचना जारी गर्दै असार ९ गतेसम्म नवीकरण गर्न सकिने जनाएको हो।

छानविन समितिले सबै जिल्ला, सबै स्थानीय तहस्तरीय समितिलाई पार्टीको विधानअनुसार छुटेका क्रियाशील सदस्यहरुको पुनः नवीकरण गरी रकम पठाउन परिपत्र गरेको छ। यस्तै गत आम निर्वाचन र स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार भएका, बागी उम्मेदवारको प्रस्तावक र समर्थक रहेका, अनुशासनको कारबाहीमा परेका र पार्टी त्यागेकाहरुको भने क्रियाशील सदस्यता नवीकरण नगर्न परिपत्र गरिएको छ।

काँग्रेसको विज्ञप्ति

नेपाली कांग्रेसको चौधौं महाधिवेशनको लागि क्रियाशील सदस्यता नविकरण हुन पार्टी केन्द्रबाट उपलव्ध गराईएको सफ्टवेयरमा जिल्लाबाट इन्ट्री गरी नाम प्रस्ताव गर्दा नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका कुनै व्यक्तिको क्रियाशील सदस्यता नविकरण गर्न छुट भएको भए पार्टी विधान तथा नियमावली अनुसार क्रियाशील सदस्यता नविकरण हुन योग्य भएको (पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवार बनेको वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्तावक समर्थक वनेको, पार्टी अनुशासनको कारवाहीमा परेको, पार्टी परित्याग गरेको, निधन भएको वाहेक) सदस्यको क्रियाशील सदस्यता विधान बमोजिम नविकरण गर्न छुट भएको भए, नविकरण गर्नु पर्ने सदस्यको नामावली विवरण र शुल्क समेत नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिमा यही आषाढ ९ गतेभित्र पठाउनु हुन सबै जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँरनगर पालिका कार्यसमिति र वडा कार्यसमितिहरुलाई यसै विज्ञप्ति मार्फत अनुरोध गरिन्छ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले