
थाइल्यान्डमा कोरोनाविरुद्धको सिनोभ्याकको प्रभावकारीतामाथि प्रश्न
२५ असार २०७८, शुक्रबार १०:४५
स्वास्थ्य मन्त्रालयको एक लिक भएको कागजातले थाइल्याण्डमा कोभिड- १९ संक्रमितका लगाइने कोरोनाविरुद्धको चिनियाँ खोपको प्रभावकारितमाथि प्रश्नहरु उठ्न थालेका छन् ।
खोप लगाएकाहरुलाई एमआरएनए खोपको बुस्टर दिन भनिएको छ । यस्तो कदमले चीनको सिनोभ्याक बायोटेकको खोपमा जनताको विश्वासलाई कम गर्न सक्छ भन्ने टिप्पणी गरिएको छ ।
स्वास्थ्य मन्त्रालयको आन्तरिक मेमोमा विभिन्न बुस्टरहरु प्रयोग गर्नुपर्ने उल्लेख गरिएको थियो । यो थाई स्वास्थ्य मन्त्री अनुटिन चर्नवीराकुलले प्रमाणिक भएको भनेर पुष्टि गरेका छन् । यसमा एक अधिकारीको फ्रन्टलाइनर स्वास्थयकर्मीहरुलाई फाइजर-बायोटेकको खोप लगाउन भनिएको थियो भने सर्वसाधरणालाई सिनोभ्याक खोप लगाउन भनिएको बताएका छन् । उनले आफ्नो नाम भने खुलाउन चाहेनन् ।
यस कदमले “सिनोभ्याक खोप प्रभावकारी छैन भनेर स्वीकार गरिएको उनको दाबी छ । थाइल्यान्डले अधिकांश स्वास्थ्यकर्मीहरूलाई सिनोभ्याक खोप दिइएको छैन । विश्वमा कम प्रभावकारी भएको भनिएको सिनोभ्याक खोपको दुई डोज लगाउँदा पनि ५० प्रतिशतमात्रै प्रभावकारी हुने अध्ययनले देखाएको थियो ।
थाइल्यान्डको मन्त्रायलयबाट लिक भएको डकुमेन्टमा सिनोभ्याक खोप लगाएका स्वास्थ्यकर्मीहरूलाई फाइजर-बायोटेक बुस्टर शट दिनका लागि शीर्ष मेडिकल काउन्सिलका अधिकारीले आह्वान गरेका छन् । यसअघि खोप लगाइसकेका व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण भएको पाइएको थियो ।
त्यसकारण सिनोभ्याक खोपको प्रभावकारितामाथिको विश्वास कमजोर बन्दै गएको छ । विश्वका धेरै मुलुकहरुले सिनोभ्याक खोप लगाउन पनि मानिरहेका छैनन् ।
https://edition.cnn.com/2021/07/05/asia/thailand-sinovac-vaccine-efficacy-intl-hnk/index.html
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन