रुसको दावीः अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले पैसा भरिएको हेलीकप्टर तथा चारवटा कारसहित देश छोडेर भागे


अफगानिस्तानको राजधानी काबुलमा तालिबानको प्रवेश लगत्तै राष्ट्रपति अशरफ गनी राष्ट्रपति भवन छोडेर भागेको भिडियोले यो साता खुब चर्चा कमायो । काबुलस्थित रूसी दूतावासका प्रवक्ता निकिता इश्चेन्कोले आरआइए न्यूज एजेन्सिसँगको कुराकानीमा राष्ट्रपति गनीको बहिर्गमनका क्रममा उनीसँगै पैसाले भरिएको चारवटा कार र एउटा हेलिकप्टरले पनि देश छाडेको थियो ।

मस्को । देशका जनतालाई तालिबानको भरमा देश छाडेर भागेका अफगानिस्तानका राष्ट्रपति अशरफ गनी सम्बन्धमा त्यहाँस्थित रूसी राजदूतावासले अचम्म पार्ने खालको दावी गरेको छ । काबुलस्थित रूसी दूतावासका अनुसार, “अफगानिस्तानबाट भाग्ने क्रममा अशरफ गनी अकूत पैसाले भरिएको एउटा हेलीकप्टर तथा अर्को चारवटा कार लिएर गएका थिए । केही रकम सडकमा समेत छरपस्ट भेटिएको थियो । यो जानकारी रूसको आरआइए एजेन्सीमार्फत् सार्वजनिक भएको हो । साथै रुसले आफ्नो देश तालिबानसँग निरन्तर सम्पर्कमा रहेको समेत दावी गरेको थियो ।

रक्तपात तथा विनास नहोस् भन्ने आशयले मैले देश छाडें
उता, अशरफ गनीले आफ्नो आधिकारीक फेसबुक प्रोफाइल मार्फत् सार्वजनिक गर्नुभएको एउटा पोष्टमा दावी गर्दै लेख्नुभएको छ, “मैले देशमा रक्तपात तथा विनास रोक्नका लागि देश छाडेको हुँ ।”

काबुलस्थित रूसी दूतावासका प्रवक्ता निकिता इश्चेन्कोले आरआइए न्यूज एजेन्सिसँगको कुराकानीमा राष्ट्रपति गनीको बहिर्गमनका क्रममा उनीसँगै पैसाले भरिएको चारवटा कार र एउटा हेलिकप्टरले पनि देश छाडेको थियो । एजेन्सीका अनुसार उनी अझै बढी नगद राशी लिएर जान चाहन्थे । तर पैसा राख्ने ठाउँ प्रयाप्त नभएका कारण थप रकम त्यत्तिकै छाड्नु पर्र्यो । हडबडीका क्रममा केही रकम त सडक मैं छरपष्ट छरिएको थियो ।

यो पनि पढ्नुहोस्

अफगानिस्तान तालिबानको कब्जामा, अशरफ गनी तथा कैंयन शीर्ष नेताहरुले छाडे देश


Loading comments...