Lifestyle Portal
  •   १५ मंसिर २०७८, बुधबार

कस्ले भन्छ म यहाँ गजल लेख्दैछु

६ पुष २०७५, शुक्रबार ०६:००

subash Bhandari
सुबास भण्डारी

कस्ले भन्छ कि म यहाँ गजल लेख्दैछु
म त केबल जिन्दगीका केही पल लेख्दैछु

दुख पछि सुख वा सुख पछि दुख जिन्दगीको कुरा,
यही दुख सुखबाट हुने हलचल लेख्दैछु

एउटा सुन्दर बल्यकाल,हाँसने बच्चाहरु
सानो झुपडीमा लुकेको विशाल महल लेख्दैछु

निकै सस्तो छ खेतबारीमा चुहाइएको पसिना
भोको किसानले पाएको दुखद प्रतिफल लेख्दैछु

न त चोक चोकमा साथी न छ चौतारीमा बैठक
बाटोमा अल्पत्र परेका कयौ नजर लेख्दैछु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

थिएन भनौ भने मास्टर पास भएको कागजको खोस्टो थियो तर त्यो कागजको कदर थिएन त्यहाँ लखर लखर एउटा अफिसबाट अर्को

गोकुलले मतिर हेर्दै भने ‘जे कुरा देखेर आयो अन्त कतै, त्यो आफ्नो घरमा पनि हुनु पर्ने। नयाँ कुनै कुरा देख्यो,

…अनि पात्र ‘क’ मरूञ्जेल हाँस्न थाल्यो । हाँस्ता हाँस्तै उ रून थाल्यो । रूँदारूँदै उ चिच्याउन थाल्यो । खुइलिएर केहीमात्र

सुधा रिसालको लेखन र संजीप कडेलको चित्राङ्कन रहेको “पानी पानी” शिर्षकको चित्रकथा प्रकाशित भएको छ। “पानी पानी”दुई मुसा दाजुबहिनीको कथा