
भारतको सोनीपतमा राष्ट्रिय कुस्तीवाज निशा दहियाको हत्याको समाचार भाइरल – मलाई केही भएको छैनः दाहिया
२४ कार्तिक २०७८, बुधबार २०:१६
भारतको हरियाणास्थित सोनीपतमा राष्ट्रिय कुस्तीवाज निशा दहिया, उनको २१ वर्षिय भाई, ८ वर्षिय एक बालक तथा आमा लगायत घरका ६ जनामाथी अन्धाधून्द गोली हानिएको भन्ने समाचार गलत निस्किएको छ ।
‘हिन्दुस्तान टाइम्स’ लगायत भारतका अधिकांश अनलाइन मेडिया तथा टेलिभिजनले उक्त घटनालाई सार्वजनिक गरेको थियो । समाचारमा “दिपावलीको पूजामा व्यस्त रहेका परिवारका सदस्यमाथी आक्रमणकारीको गोली प्रहारबाट उनी र उनको भाइको घटनास्थलमैं मृत्यू भएको समाचार सार्वजनिक गरेको थियो । जसमा निशा दहिया तथा उनको भाईको घटनास्थलमैं मृत्यु भएको र गम्भीर अवस्थामा निशाकी आमा धनपतीलाई त्यहाँस्थित “रोहतक पीजीआई”मा तत्काल भर्ना गरि उपचार भइरहेको” भन्ने शिर्षकको समाचार सार्वजनिक भएको थियो ।
समाचार भारतभर आगो झै सल्किएको थियो । तर उता गोली प्रहारबाट मारिएको भनिएकी कुस्तीवाज निशा दाहियाले इन्स्टाग्राम अकाउण्टमा भिडियो सार्वजनिक गर्दै आफू र आफ्नो भाई दुवै सकुशल रहेको र कुनै गोलीकाण्डमा नपरेको सन्देश दिएकी छिन् ।
के छ भिडियो सन्देशमा?
“म अहिले सिनयर नेशनल खेल्न गोण्डामा आएकी छु र म ठिक छु मेरो भाई पनि ठिक छ, जुन समाचार अहिले आइरहेको छ त्यो फेक हो, म ठिक छु ।”
View this post on Instagram
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन