डोटीमा काँग्रेसप्रति आशा जगाउन मेरो उम्मेदवारी हो: नेता अशोक सिंह


काठमाडौं – नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत युवाहरु नेतृत्वमा आउने क्रम बढेको सन्दर्भमा डोटीमा प्रदेश प्रतिनिधिका लागि युवा नेता अशोक सिंहले पनि उम्मेदवारी दिएका छन्।

नेपाल विद्यार्थी संघको चक्रवर्ति कलेज सभापति समेत रहेका सिंहले डोटी प्रदेश सभा क्षेत्र नं १ (क) वाट प्रदेश प्रतिनिधिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। पूर्वाञ्चल विश्वविद्यालयबाट कानूनमा स्नातक २३ वर्षिय सिंहले डोटीबाट प्रदेश प्रतिनिधिमा जित्ने दाविका साथ अघि बढेको बताए। उनले खस आर्य तर्फबाट आफ्नो उम्मेदवारी दिएका हुन्।

‘रुपान्तरण सहितको पुस्तान्तरण भएन भने काँग्रेसशो संगठन युवामैत्री हुन सक्दैन’- सिंहले भने, ‘त्यसै कारण डोटी जिल्लामा र यहाबाट देशभरि काँग्रेसप्रति आशा जगाउन युवा अघि बढ्नुपर्छ भनेर मैले उम्मेद्वारी दिएको हुँ।’

सिंह सम्भवत: डोटीमा सबैभन्दा कान्छा प्रदेश प्रतिनिधि उम्मेद्वार हुन्।


Loading comments...