४० प्रतिशत मत ल्याउनेलाई पाखा लगाएर कसरी पहिलो दल बनाउनुहुन्छ ? सभापतिज्यू : गगन थापा


काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले ४० प्रतिशत मत ल्याउने पक्षलाई पाखा पारेर निर्वाचनमा कसरी पहिलो पार्टी बनाउनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

शेखर कोइराला पक्षले डाकेको भेलामा महामन्त्री थापाले एक्लै चुनाव लड्न खोज्ने पार्टीले ४० प्रतिशत मत ल्याउने भित्रैको हिस्सालाई बेवास्ता गरे थप क्षति बेहोर्नुपर्ने चेतावनी दिएका हुन् ।
‘हाम्रो सभापति आगामी निर्वाचनबाट कांग्रेसलाई पहिलो दल बनाउने भन्दै हुनुहुन्छ तर उहाँको शैली ४० प्रतिशत मत ल्याएको हिस्सालाई पाखा पार्ने खालको छ’ थापाले भने, ‘हामी आगामी चुनावमा एक्लै लड्नुपर्छ । यसैले पार्टीमा विवेकसम्मत निर्णय गरेर जानुपर्छ ।’

राष्ट्रिय सभाको निर्वाचनसम्म गठबन्धन गरे पनि त्यसपछि कांग्रेस एक्लै चुनाव लड्ने बाटोमा हिड्नुपर्ने थापाले बताए ।

महाधिवेशनलगत्तै सभापतिले केन्द्रीय सदस्य मनोनयन, प्रदेशमा मन्त्री चयनसहितमा एकलौटी गर्न खोजेको सन्देश दिनु पार्टीकोलागि राम्रो सन्देश नभएको थापाको भनाई छ ।


Loading comments...