
पात्रोः २०७९ मा विवाहका लागि ५६ वटा लग्न, बैशाखमा मात्रै एक दिन बिराएर विवाहको लगन
५ माघ २०७८, बुधबार २०:५२
काठमाण्डौ । २०७९ सालमा विवाह र व्रतबन्धका लागि प्रशस्तै लगनहरु जुरेका छन् । ‘नेपाल पञ्चांग निर्णायक विकास समिति’का अनुसार नयाँ वर्ष २०७९ मा विवाहका मात्रै ५६ वटा लगन निस्किएको छ । २०७८ सालको तुलनामा यो झण्डै दुई गुणा बढी हो, २०७८ सालमा विवाहका लागि मात्र ३१ वटा लगन जुरेको थियो ।
समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार २०७९ सालको पहिलो महिना वैशाखमा सबैभन्दा बढी लगन निस्किएको छ । ‘वैशाखमा एक दिन बिराएर लगन निस्किएको छ,’ ढुंगेलले भने ।
२०७९ सालको पात्रो: असोज १९ मा दसैंको टीका, विवाहको लगन ५६ दिन
उनका अनुसार वैशाखमा मात्रै विवाहको १७ वटा लगन जुरेको छ । वैशाखपछि जेठमा सबैभन्दा बढी ११ वटा लगन निस्किएको छ । त्यस्तै, असारमा ५, मंसिरमा ८, माघमा ६ र फागुनमा नौ दिन विवाहको लगन छ ।
त्यस्तै, आगामी वर्ष २०७९ सालमा व्रतबन्धको लगन पनि टन्नै निस्किएको छ । २०७९ सालमा वैशाख, जेठ, असार, मंसिर, माघ र फागुनमा व्रतबन्धको दुईवटा लगन छ । चैतमा एक दिन व्रतबन्धका लागि लगन रहेको पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
दसैंको टीका १९ असोजमा, भाइटीका १० कात्तिकमा
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार २०७९ सालको दसैंको टीका १९ असोजमा परेको छ । १० असोजमा घटस्थापना, १६ गते फूलपाती, १७ गते महाष्टमी, १८ गते महानवमी र १९ गते विजयादशमी परेको छ ।
सदस्यसचिव ढुंगेलका अनुसार, १० कात्तिकमा भाइटीकाको साइत जुरेको छ । त्यसअघि ६ कात्तिकमा कागतिहार परेको छ । कुकुरतिहार र लक्ष्मीपूजा ७ कात्तिकमा परेको छ । भोलिपल्ट ८ कात्तिकमा गाईपूजा छ भने त्यसै दिन सूर्य ग्रहण पनि लाग्नेछ । ९ गते गोवर्द्धन पूजा र म्ह पूजा परेको छ ।
समितिले २०७९ सालको पात्रो तयार पार्न विभिन्न १४ वटा पात्रोलाई तिथिमितिसहितको विवरण उपलब्ध गराइसकेको छ । समितिले १५ माघमा नयाँ पात्रो बजारमा ल्याउन स्वीकृतिसमेत दिइसकेको छ ।
तस्वीरः Dipen Chand
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई
काठमाण्डौ (मंगलबार ११ः२० बजे) । देशको राजधानी काठमाण्डौ महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन शाहले जारी मतगणनाको ताजा
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल
A day before visit to Lumbini (the birth place of gautam buddha), Indin Prime Minister Narendra Modi on Sunday said