
भारतलाई हल्लाउने कुनै शक्ति छैन: भारतीय प्रधानमन्त्री मोदी
१० माघ २०७८, सोमबार ११:४८
भारत, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १०० औं स्वतन्त्रता दिवस आउनु अघिसम्म सरकारले नव भारत बनाउने लक्ष्य राखेको बताउनुभएको छ । स्वतन्त्र भारतका सर्वाधिक लोकप्रिय नेताजी सुभाष चन्द्र वोसको पूर्णकदको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले, ‘स्वतन्त्र भारतको सपनाका लागि कहिल्यै विश्वास नडगमगाउनु, भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै शक्ति छैन ।’
सरकारले स्वतन्त्र भारतको सपना साकार पार्ने लक्ष्य पुरा गरेको भारतीय प्रधानमन्त्री मोदीले बताउनुभयो । ‘भारतले १०० औं स्वतन्त्रता दिवस मनाउनुअघि हामीले नव भारतको निर्माण गर्ने लक्ष्य राखेका छौं’ मोदीले बताउनुभयो । सन् २०४७ मा भारतले १००औं स्वतन्त्रता दिवस मनाउनेछ ।
देशका लागि सेवा गर्ने क्रममा सहादत प्राप्त गरेका भारतीय सेनाप्रति श्रद्धाञ्जली अर्पण गर्दै वहाँले, ‘देशका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने सम्पूर्ण सुरक्षाकर्मीप्रति श्रद्धा व्यक्त गर्न चाहन्छु ।’
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन