छत्रदेवमा छत्रदेव-७ वडाको वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार नारायण पाण्डेकाे पहिलो मनोनयन दर्ता


२०७९ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि उम्मेदवारको मनोनय सुरु भएको छ । देशका ७५३ स्थानिय तहमा आज बिहान १० देखि अपराह्न ५ बजेसम्म र सोमबार बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेद्वार मनोनयन दर्ता गर्नेसक्ने कार्यतालिका आयोगले बनाएको छ ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा वडा अध्यक्ष पदका लागि नारायण पाण्डेले पहिलो मनोनयन दर्ता गरेका छन् । आजबाट सुरु भएको उम्मेदवार मनोनयन दर्तामा पाण्डेले स्वतन्त्र तर्फबाट उम्मेदवार दर्ता गरेका हुन् ।

छत्रदेव-७ काे वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवार घोषण गरेका नारायण पाण्डे एक सामाजिक व्यक्तित्व हुन् । उनले विगतमा विभिन्न सामाजिक सघं संस्था आवद्ध भई काम गरेकाे छन् । अहिले छत्रदेव-७ मा पाण्डेले उमेदवारि घाेषणा गरिसकेका पाण्डे चर्चा रहिआएको छ।

पाण्डेले छत्रदेव-७ वडामा सफा शुद्ध र सिचाइकाे लागि एक घर एक धार, गरिब अशक्तका लागि निशुल्क एम्बुलेन्स सेवा, डिजिटल वडा, उद्यमशिल समाज तथा याेग्यता अुसारकाे राेजगारि भ्रष्टाचार मुक्त वडा, टाेल टाेलका बाटा ग्राभेल तथा पिच, कृषिमा आधुनिकीकरण, स्थानीय उत्पादनकाे बजार व्यवस्थापन लगाएतका याेजना अगाडि सारेका छन्।

नेपालि काङ्ग्रेसको गण मानिने छत्रदेव-७ मा अघिल्लो चुनावमा नेकपा एमालेका उमेदवार साेभाखर पाण्डे विजयी भएका थिए। नेपाली काङ्ग्रेसले उमेदवार अझै टुङ्गो लगाएको छैन भने नेकपा एमाले बाट टामलाल पाण्डेले उमेदवारि घाेषणा गरिसकेका छन्।

स्वतन्त्र उम्मेदवार पाण्डे र अन्य दलका उम्मेदवारि बिच कडा प्रतिस्पर्धा हुने आकलन स्थानीयकाे छ।


Loading comments...