
एकैसाथ हाइकुका आठ पुस्तक बिमोचन
२० माघ २०७९, शुक्रबार १८:२४
नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन कार्यक्रममा अमेरिका बसोबास गर्दै आउनुभएका पुरु सुवेदीको हाइकु संग्रह “कमल”,कोरियामा बसोबास गर्नुहुने प्रमोद सारङको “असर्फी” लगायत बिमल गिरीको “सुनाखिरी”,पशुपति कर्मचार्यको “जाई”,डा यादब ढुङ्गानाको “सूर्यमुखी”,दिब्य गिरीको ” भुइँकुहिरो”,मन्जु ज्ञवालीको “ट्युलिप” र निता श्रेष्ठको “नित्य नूर” बिमोचन गरिएको हो। विमोचन पश्चात् मन्तव्य राख्दै त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति तथा जापानका लागि नेपाली राजदूत केदार भक्त माथेमाले हाइकु जापानीजहरूको जिवनशैलीमा नै जोडिएको साहित्यक विधा भएको स्मरण गराउनुभयो। जीवनको अनुभूतिलाई प्रकृतिसँग जोडेर प्रस्तुत गर्न सक्नु नै हाइकुको खास सीप हुने बताउनुभयो ।नेपाल हाइकु केन्द्रका अध्यक्ष प्राध्यापक राम कुमार पाँडेले हाइकु,हाइगा,सेन्र्यु र सिँजो महत्त्व बारे चर्चा गर्दै साहित्यले विश्व समुदायलाई जोड्न सकिने बताउनुभयो ।
बिमोचित कृति बारे समिक्षा गर्दै डा.मित्रबन्धु पौडेलले प्रकृति,अध्यात्म,मानवीय अनुभूति,धर्म,संस्कार लगायतका समाजका विविध पक्षको खँदिलो प्रस्तुतिका कारण कृतिहरूले न्याय गरेको चर्चा गर्नुभयो। हाइजिन शान्ति सापकोटाले हाइकु सजिलो मात्र नभइ खँदिलो लेखन विधा रहेकोमा जोड दिनुभयो । कार्यक्रममा बिमोचित पुस्तकका सर्जकहरूले आआफ्ना कृतिबाट ५-५ वटा हाइकु वाचन गर्नुभएको थियो भने हाइजिन शिरोमणि दवाडीले हाइकु वाचन कुशलता बारे प्रस्तुति दिनुभएको थियो। यसै अवसर पारेर नेपाल हाइकु केन्द्र कोरिया च्याप्टरका तर्फबाट प्रा.राम कुमार पाँडेलाई सम्मान समेत गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते बसेको निकेतनको साधारणसभाले नेपाली साहित्यका महारथी डा.सत्यमोहन
डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी
काठमाडौं । नेपालका सांस्कृतिक गहना तथा संस्कृतिविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशीको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको छ ।
काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब