
नसोध्नु आजभोलि के गर्दैछस
१४ पुष २०७५, शनिबार १६:४२
सबै प्रश्न सोध्नु पर्छ भन्ने पनि त छैन
सबै प्रश्नको उत्तर भएको मान्छे पनि म हैन
घरकहाँ हो सोध, थर के हो सोध
मेरो बारेमा जान्न मनलागे सामाजिक सञ्जालमा खोज
बरु सोध्नु कहिलेकाही बाँचेको छस कि मर्दैछस
तर बिन्ती नसोध्नु आजभोलि के गर्दैछस
कोही साथी कोरियामा कोहि जापानको तयारीमा मस्त छन,
केही दिनरात घोटिदै लोक सेवाको लागि व्यस्त छन
मेरा दिनहरुआजभोलि सपनाहरु देख्दैमा बितिराछन
मनका भावनाहरु लेख्दैमा बितीराछन
बरु सोध्नु छाडिस कि अझै पनि पढ्दैछस
तर बिन्ती नसोध्नु आजभोलि के गर्दैछस
कहिलेकाही त्यो एअरपोर्टको बाटो हुदै गर्दा,
बिदेशबाट आएको त्यो अनौठो हावाले छुदै गर्दा
लाग्छ यो अन्धो देशभक्ति त्यागेर पासपोर्ट बनाउनु कि
पुख्यौली माटोलाई बन्धकीमा खनाउनु कि
दिने थिए उत्तर सोध्दा लाइनमा होस कि प्लेनमा चढ्दैछस
तर बिन्ती नसोध्नु आजभोलि के गर्दैछस
कागजका टुक्रा बोकी सबै कोठा कोठा डुल्दा
अवस्था परिस्थितीले देखेका सबै सपनाहरु भुल्दा
लाग्छ यि प्रमाण पत्रहरु लिलामीमा राखिदिऊ
अनुभव खोज्ने ती ठाँउहरुलाई मलामीमा राखिदिऊ
मुन्टो हल्लाउने थिए सोधे जिन्दगीसँग हारिस कि लड्दैछस
तर बिन्ती नसोध्नु आजभोलि के गर्दैछस
-नेपाली युवा
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन
मणि दाजु, तपाईँले भन्नुभएको छ समाजको विशेषाङ्कको निमित्त म केही लेख दिऊँ, खासगरी पत्रकारिता र त्यो पनि समाजकै समालोचना गरेर
काठमाडौं । बन्द कलेजहरु कहिले खुल्नेछन् ? बिधार्थीहरु आफ्नो करियरको खोजीमा कहिलेवाट शिक्षणसंस्थाहरुमा आवागमन गर्न थाल्नेछन् ? यो प्रश्नको जवाफ
अमेरिका पूर्व राष्ट्रपति “बाराक ओबामा”एक साहित्य प्रेमी,असल पाठक, लेखक, शिक्षकका साथसाथैै उनि एक कुसल राजनितीज्ञ पनि हुन् । केही समय