नोकियाले ल्याउदैछ ६ वटा क्यामरा भएको स्मार्टफोन


२०१८ सालमा मोबाइल कम्पनीहरुले बिभिन्न मोबाइलहरु लन्च भए र ग्राहकहरुले पनि धेरै रुचाए । बर्ष २०१९मा पनि विभिन्न स्मार्टफोन टेक्नोलोजीमा नयाँ नयाँ सुबिधा देख्न पाइने छ । यसैमा चर्चा चलिरहेछ Nokia 9 Preview । यो फोन बजारमा ठुलो धमाका ल्याउने तयारीमा रहेको छ । नोकिया स्मार्टफोन निर्माण गर्ने कम्पनी HMD GLOBAL ले ल्याउन लाएको यस फोनलाई निकै चासोको रुपमा लिइएको छ ।

खबर अनुसार २०१९ को शुरुवातमा Nokia 9 Preview लन्च हुन सक्नेछ । यो स्मार्टफोनको बारेमा पहीले देखिनै चर्चा चलेको थियो । फोनको फोटो र यसमा हुने सुविधाहरुको बारेमा पहिले नै खबरहरु बाहिरिएको छ । नोकियाको यस फ्लैगशिप फोनको मुख्य विशेषता भनेको अन्य फोनमाभन्दा भिन्न यसमा रहेको क्यामरा हो ।

यो फोनमा कुल ६ वटा क्यामराहरु हुनेछन । केहि दिन पहिला नोकिया 9को तस्बीर सार्वजनिक भएको थियोे । यसमा डिवाइसका पेटालेस क्यामरा सेटअप देख्न सकिन्छ । जसको फोनको पछाडि 5 र अगाडि सेल्फीको लागि एउटा क्यामरा हुने छ ।
5 क्यामरा मध्ये दुईवाट 12 मेगापिक्सलको, दुईवटा क्यामरा16 मेगापिक्सलको र एउटा क्यामरा 8 मेगापिक्सलको हुन सक्नेछ । अगाडिको क्यामरा 12 मेगापिक्सलको हुनेछ ।

रियर पैनलको मिडलमा नोकियाको लोगो हुनेछ । यो स्मार्टफोनमा ६ इन्चको बडी डिस्प्ले पाउन सकिनेछ । कम्पनीले यो फोनमा 8 जिवि र्यामको साथमा बजारमा ल्याउनसक्छ । साथै फोनमा 256 जिबि स्टोरेज क्षमता हुने आशा गरिएको छ । फोनमा वायरलेस चार्जर पनि पाउन सकिन्छ । कम्पनीको यो फोनमा नाँच लेस OLED स्क्रीनको साथमा इन स्क्रीन फिंगरप्रिंट पनि देख्न सकिने छ । खबर अनुसार फोनमा 4155 एमएचको ब्याटरीको साथमा 3.5mm अडियो ज्याक पनि हुनेछ । यसमा स्नैपड्रैगन 855 एसओसए प्रोसेसरको प्रयोग हुन सक्ने छ । हेरौ कुनै समय मोवइल फोन जगतमा राज गरेको नोकियाको लागि यो बर्ष कस्तो रहन्छ ।


Loading comments...