
पूजाआजा गर्नाले पाप जान्छ र आमा ?
१९ पुष २०७५, बिहीबार १५:३२
पूजाआजा गर्नाले पाप जान्छ र आमा ?
चढाइएको प्रसाद भगवानले खान्छ र आमा ?
दुई छाक खान धौ-धौ छ हामी गरिबलाई
थोत्रो लुगाले पुस माघलाई धान्छ र आमा ?
सबैले औँला उठाए माइतीमा बहिनीलाई
ससुरालीले के बहिनीलाई लान्छ र आमा ?
हो आमा,मैले देशकै लागि हतियार उठाए
बाबाले मलाई देशद्रोही नै ठान्छ र आमा ?
अभागी यो अशोकको यो तृषित मुटुले
नपाउँदा प्रियसीको माया मान्छ र आमा ?
अशोक अमन
सप्तरी, नेपाल
हाल :ललितपुर
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा २०७१ साल वैशाख ३० गते बसेको निकेतनको साधारणसभाले नेपाली साहित्यका महारथी डा.सत्यमोहन
डायमनशमशेर राणा १९७५ साल असार २१ गते पाल्पा तानसेनको ठुटेपीपलमा जन्मेका थिए । कर्णेल बुद्धशमशेर र मोहनकुमारीका तीन छोरामध्ये उनी
काठमाडौं । नेपालका सांस्कृतिक गहना तथा संस्कृतिविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशीको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको छ ।