
मेरो हृदयमा सदा तिम्रै बास छ प्रिय
२० पुष २०७५, शुक्रबार १३:२९
कतै आनन्द त कतै मन उदास छ प्रिय
मेरो हृदयमा सदा तिम्रै बास छ प्रिय
हो म पागल थिएँ पहिला बुझ्नै सकिनँ
कि यो जिवनमा तिम्रै प्यास छ प्रिय
स्वर्गका अप्सरा अनिपरी बारेमा धेरै सुनियो
तर अदा सबभन्दा तिम्रो खास छ प्रिय
बुझ्न थाले हरेकले गाँसेको रैछु प्रेममा म
एक,दुई,तीन पक्का पर्दाफास छ प्रिय
लान्छु म बनाएर प्यारी बेहुली ए हजुर
र त मेरा नसा(नसामा हर्षउल्लास छ प्रिय
मरेपछि म नित्य गाउनु मेरा यी गजलहरु
बस् यति नै मेरो अन्तिम आश छ प्रिय
अशोक अमन
सप्तरी, नेपाल
हाल :ललितपुर
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन
मणि दाजु, तपाईँले भन्नुभएको छ समाजको विशेषाङ्कको निमित्त म केही लेख दिऊँ, खासगरी पत्रकारिता र त्यो पनि समाजकै समालोचना गरेर
काठमाडौं । बन्द कलेजहरु कहिले खुल्नेछन् ? बिधार्थीहरु आफ्नो करियरको खोजीमा कहिलेवाट शिक्षणसंस्थाहरुमा आवागमन गर्न थाल्नेछन् ? यो प्रश्नको जवाफ
अमेरिका पूर्व राष्ट्रपति “बाराक ओबामा”एक साहित्य प्रेमी,असल पाठक, लेखक, शिक्षकका साथसाथैै उनि एक कुसल राजनितीज्ञ पनि हुन् । केही समय