नरोऊ आमा


हो मै हुँ निर्मला पन्त जसको इज्जत सम्मानपूर्वक लुटियो
यी नयनबाट आशुको धारा बगियो शायद म न्याय पाउँछु
यो जिन्दगीमा प्रतिष्ठाको दागको नितान्त छैन
ओखतीमा चाहे कसैको इज्जत लुटियोस् ,
यो समाजमा नारीलाई नै दोष दिने चलन छ
नरोऊ आमा कसले देलान् न्याय भनेर,
न्याय दिने त साहित्यकारको कलम छ।

कोही थिएनन् त्यहाँ जतीखेर म लुटिंदै थिएँ
कयौ महिना बिति सके,
कानुन आफ्नै धुनमा चले कुन जन्मको पाप हो यो,
खै कुन्नि कहिल्यै समातिएलान् दोषी?
दोषीका नाममा मात्र कुखुरा चोर समातिए,
साक्षी छन् मेरो मृत्युको त्यै माटो र उखु खेती।

मलाई सुकेको पात नसम्झ कि हावा जतै लग्यो
जिन्दगी उतै गयो म त्यो बिरुवा हुँ
जसलाई आफ्नै मतलबको लागि काटियो म पनि रोएँ ,
कराएँ , चिच्याएँ तर कोही थिएनन् सुन्ने त्यहाँ
यो अधर्म,हिंसा हो भनेर मान-सम्मानको बिउ बुन्ने
त्यहाँ सबैले कुल्चिदिने विहानको शीत हुँ
म र त आफ्नो जीवनको न हार न जीत हुँ म।

पत्थर मने पापी नै थिए तिनीहरु जसले मलाई रुवाए
जसले जीवनसँग पौंठाजोरी खेल खेलाए जसले पीडाको तालमा नचाए
जसले मृत्युलाई प्रत्यक्ष देखाए भो!नरोऊ आमा कानुनलाई मोडेल,
अभिनेत्री दुख्छन् तर कन्चनपुरकी सामान्य छोरी दुख्दैन।


अशोक अमन
सप्तरी, नेपाल
हाल : ललितपुर, नेपाल


Loading comments...