गुगलको बारेमा केही जानकारीहरु


इमेल इन्टरनेट प्रयोगकर्ताको लागि गुगल निकै प्यारो शब्द हो । इन्टरनेट जगतमा राजाको रुपमा गुगललाई लिने गरिन्छ । हामीले इन्टरनेटमा प्रयोग गर्ने विभिन्न मिडियाहरु गुगलको रहेका छन् । मुख्य रुपमा प्रयोग हुने , जिमेल, म्यान, युटुव, गुगल सर्च आदि मुख्य गुगलमा प्रोडक्टहरु हुन् । साथै गुगलले हार्डवर्यरको क्षेत्रमा समेत आफनो उपस्थिति जनाएको छ । मोवाइल फोन, घडी, स्मार्टफोनको लागि अपरेटिङ्ग एन्ड्रोइड सिस्टम, गुगल कारको निर्माणले प्राविधिक क्षेत्रमा गुगलको प्रभुत्व देख्न सकिन्छ ।गुगलका सेवाहरु निकै उत्कृष्ट त छन् नै यसका सेवा तथा सर्त सम्बन्धि केही तथ्यहरु निकै रोचक पनि छन् ।

  • गुगुलका संस्थापकको नाम लैरी पेज र सर्जे ब्रिन हुन् ।
  • गुगल सर्चमा केही कुरा खोज्दा त्यसको नतिजा देखाउनुअघि गुगलले २ सय भन्दा बढि पक्षहरुलाई ध्यानमा राखि खोजी गरिएका विषयका नतिजा देखाउँछ । यो काम यति छिटो हुन्छ की एक सेकेण्डको पनि केही अंश समयभित्रैमा सबै पक्षहरुको हिसाबकिताब गरि नतिजा स्त्रिmनमा देखाइहाल्छ गुगलले ।
  • गगुगल सर्च इन्जिन विश्वमा सबैभन्दा बढि प्रयोग गरिने सर्च इन्जिन हो । गुगल सर्चमा एक सेकेण्डमा २० लाख भन्दा बढि कुरा खोजी गरिन्छन् ।
  • गुगलजस्तै सुनिने कयौ डोमेनको स्वामित्व पनि गुगलले लिएको छ ।
  • गुगलले आफ्ना धेरै प्रोजेक्ट ठूलो जनसंख्यालाई लक्षित गरेर कार्यान्वयन गरेको हुन्छ । तर सन् २०१२ मा गुगलले आफ्नो जिमेल सेवामा चेरोकी भाषा समेत समावेश गर्यो । अमेरिकामा बस्ने आदिवासी चेरोकी भाषी समुदायका लागि गुगलले जिमेलमा चेरोकी भाषा सन् २०१२ मा ल्याएको हो । चेरोकी भाषा बोल्ने २० हजारको हाराहारीमा मात्र छन् ।
  • गुगलका संस्थापक ल्यारी पेज र सेर्गेइ ब्रिनले गुगलको पहिलो डुडल बनाएका थिए, सन् १९९८ मा । नेभादा मरुभूमिमा आयोजित बर्निङ म्यान महोत्सवमा गएका बेला उनीहरुले गुगलको टोली केही दिनको लागि कहाँ रहेको छ भन्ने कुरा अरुलाई जानकारी गराउनका लागि बर्निङ म्यान पर्वलाई जनाउने लोगो समावेश गरी पहिलो डुडल बनाएका थिए ।
  • गुगल सर्चमा राखिएका सामाग्रीको सूचिका डाटाको आयतन १० करोड गिगाबाइट छ । अर्थात् गुगल सर्च इन्डेक्सका सबै डाटा पेन ड्राइभमा राख्न चाहनुहुन्छ भने १ टेराबाइट क्षमतामा १ लाखवटा पेनड्राइभ आवश्यक पर्छन् ।
  • गुगल नै एकमात्र त्यस्तो इन्टरनेट साइट हो जसले आफ्ना प्रयोगकर्ताले यो साइटमा बिताउने समय घटाउने मुख्य लक्ष्य राखेको छ
  • ।गुगलले आफ्नो स्ट्रिट भ्यू नक्शाको लागि ५० लाख माइल सडकको तस्वीर खिचिसकेको छ ।
  • गुगलको भिडियो सेवा यु ट्युव पनि निकै चर्चित छ । तथ्यांक अनुसार विश्वमा हरेक महिना ६ अर्ब घण्टा यु ट्युवमा भिडियो हेरिन्छ । यो भनेको विश्वमा हरेक मानिसले एक महिनामा झण्डै १ घण्टा यु ट्युबमा भिडियो हेर्ने गर्छ ।
  • गुगलका संस्थापन यसको नाम Googol राख्न चाहान्थे, तर स्पेलिङ्गमा गल्ती हुनाले google भएको थियो ।
  • Alexa को अनुसार गुगुल बिश्वको सबैभन्दा ठुलो वेबसाइट हो ।
  • गुगलमा जागिरको लागि प्रतिदिन २५,००० भन्दा बढि आवेदन हुने गर्दछ ।
  • प्रत्येक महिना गुगलले कयौ कम्पनीहरु खरिद गरिरहेको हुन्छ ।
  • गुगलको आम्दानीको मख्य स्रोत विज्ञापन हो, आम्दानीको लगभग ८० प्रतिशत विज्ञापनबाट प्राप्त गर्दछ ।


Loading comments...