भविष्य सम्झँदा तनाब लाग्छ


मध्यरातमा आजकल मेरा सपनाहरु जाग्छ ,
विपनीमा सपनाहरु केबल सपनाझै लाग्छ
मन त धर्तिमा नै छ तर अाँखाले चन्द्रमालाई ताक्छ,
सपना र भविष्य सम्झँदा तनाब लाग्छ

घाटमा जलिरहेको शरीर देख्दा जीवन छोटो लाग्छ,
समयमै धेरै कुरा गर्नुछ भन्ने भाव जाग्छ,
जब मलामिबाट फर्किए तब शरिरले विश्राम माग्छ
केही अघिको मेरो सोच र अहिलेको गराईमा भिन्नता हुँदा,
रहर र भविष्य सम्झँदा तनाब लाग्छ

उकालाहरु उक्लिँदा श्वास बढ्दै गर्दा थकान लाग्छ
ओरालीलाई सम्झँदा भने केही सरलताको आशा जाग्छ
आरालीको महसुस गर्न पनि कथाले हरपल उकाली माग्छ
जिन्दगी यात्रा हो थाहा छ तैपनि पैतालाहरु थाक्छ
सपना र  भविष्य सम्झँदा तनाब लाग्छ

बग्ने हावा र पानलिाई देखि मनमा नौलो शक्ति जाग्छ
बग्न खोज्छु मेरो बहावलाई छेक्ने पर्खाले देखेर जोस भाग्छ
ह्या, जति गर्न खोजे पनि हुने केहि छैन कहिलेकाहि मन पाक्छ
समुन्द्रलाई भेट्न निस्किएको नदीको जोस लाई बेगलाई हेरी,
भविष्य सम्झँदा तनाब लाग्छ

सोच्छु हर विहानी उदाउने त्यो सुर्यलाई कस्तो लाग्छ,
हर विहानै आइपुग्छ मेरो विस्तारामै न कहिल्यै उसले बिदा माग्छ
सझँमा डाँडामा अस्ताउदै गर्दा भोलि नउदाउने हो की मनंमा शंका जाग्छ
आफनो चक्रमा चलिरहन्छ अनि हरेक बिहान मलाई डाक्छ
भविष्य सम्झँदा तनाब लाग्छ

–सुबास भण्डारी


Loading comments...