Lifestyle Portal
  •   ४ बैशाख २०७८, शनिबार

यार्सागुम्बा एउटा जैविक सुन

१८ माघ २०७५, शुक्रबार ०७:००

मान्छेका क्याराभानहरु उकाली लाग्दै हिमाल अनि पहाडका कापकापमा देखिएका छन् । यो समय हो खोजी को, खोजी छ जैविक सुन अर्थात यार्सागुम्बाको ।
ओढ्ने, ओच्छ्याउने अनि खाने सम्पूर्ण बन्दोबस्तीका सामानहरु लिएर यार्साको खोजिमा जोखिम मोल्दै उक्लिएका छन् । यार्सागुम्बा भेटिने मौसममा त समुन्द्री सतहबाट हजारौं मिटर माथिको गाँउहरु नै रित्ता हुने गर्दछन् । बिधालय बन्द अनि हातपाँउ चल्ने सबैजना यस जैविक सुनको खोजिमा निस्कने गर्दछन् ।

यार्सागुम्बा झुसिलकीरा प्रजातिको एउटा बिशेष फगंस फ्यूजनमा पर्दछ जसमा प्यारीस्टीक च्याउ उम्रीएर जमिनको मोर्थ लार्भा किरालाई मम्मीफाई अर्थात जैविक रुपले नै ढाकीदिन्छ । २ देखि ६ सेन्टिमीटर लामो यस जैविक सुन जमिनमाथी औंलाको टुप्पोजस्तो गरि देखा परेको हुन्छ ।

यस बिशेष जैविक पदार्थ नै विश्वको सबैभन्दा महंगो जैविक पदार्थ हो । गर्मीमा घाँस अनि जाडोमा किराका रुपमा तिब्बतमा पनि यस्त्र गुम्बु भनिन्छ । समुन्द्री सतहवाट ३००० देखि ५००० मिटरमा पाइने यस यार्सागुम्बा तिब्बती प्लेटमा नेपालका केही भाग अनि भुटानका थोरै ठाँउहरुमा मात्र पाइन्छ । अहिले आएर केवल शारीरीक क्षमता अनि यौनसम्पर्क क्षमता बृद्धि संग मात्र यार्सागुम्बालाई बुझ्ने गरिएको छ तर त्यो बिल्कुल गलत या अर्धसत्य हो । आजभन्दा २००० भन्दा धेरै बर्ष अघिबाटै बिभिन्न दुर्बलता, फोक्सो, मृगौला लगायतका समस्यामा पनि यसको प्रयोग भएको तथ्याकं छ । १५ औं शताब्दीको एउटा तिब्बती आर्युवेद लेखनमा यस जडीबुटीलाई सर्वगुणकारी भनि ब्याख्या गरिएको पाइन्छ । अहिले आएर क्यान्सर देखी बायल रोग सम्म पनि यसको उपयोग हुँदै आएको पाइन्छ ।

यार्सागुम्बाको आधुनिक इतिहास
सरसरती हेर्दा सन् १९९३ सम्म यार्सागुम्बा विश्व परिपेक्ष्यमा उत्ति चल्तीमा थिएन तर जब चीनकी एकजना महिला धाबिकाले बिश्व किर्तिमान राखेर आफ्नो शक्तिको राज कछुवाको ताजा रगत र यार्सागुम्बाको प्रयोग भनिन् तब विश्वमा यार्सागुम्बाको एउटा चहलपहल नै शुरु भयो । पर्यावरण बिध डानियल विकंलका अनुसार अहिले आएर चीनका धनी अनि शक्तिशाली परिवारमा यार्सागुम्बा एउटा समृद्धिको पहिचान अनि खुराक भएको छ भनि लेखेका छन् ।

एउटा सुकेको यार्साको तौल आधा ग्रामभन्दा कम हुन्छ र १ ग्राम यार्साको मुल्य स्थानीय बजारमा १८ डलर अर्थात लगभग २००० नेरु को हाराहारीमा आँउदछ । अन्तराष्ट्रिय बजारमा भने यसको मुल्य औसतमा १०० डलर भन्दा धेरै पर्न आउने र हरेक बर्ष अरबौं डलर बरावरको यार्सा बिदेशमा कारोवार हुने तथ्याकं देखाँउदछ । सन् २००१ मा नेपाल सरकारले यार्सागुम्बाको कारोवारलाई अवैध करार दिएपनि पछि आएर कारोवारलाई पुन बैधानिकता दिएको हो । विश्वमै तिव्बतपछि नेपालनै यार्सागुम्बाको दोश्रो ठूलो निर्यात राष्ट्र हो । सन् २०११ र १२ मै यार्सागुम्बाबाट नेपाल सरकारले ५२ हजार अमेरिकी डलर हाराहारीमा कर संकलन गरेको तथ्याकं छ । बिभिन्न संगठित समुहहरुले बिभिन्न नाममा गैरकानुनी करहरु भने यार्सागुम्बा सकंलकहरु संग लिइरहेको तथ्य भएपनि यस बिषयमा सरकार मौन छ । यार्सागुम्बा संकलनका क्रममा बिभिन्न अपराध अनि हिंसाका घटनाहरु सुनिने गरिन्छ तर हिमालको त्यो पार के हुन्छ नेपाली सरकारी संरचना उति चनाखो छैन् । कहिँकतै भने यस्ता उठाइएका रकमहरु स्थानीय बिकासका लागि खर्च भएका उदहारणहरु चाँही एउटा बिदेशी जर्नल अफ माउन्टेन साइटले उल्लेख गरेको छ ।

अहिले बिभिन्न बिदेशी जर्नल अनि पत्रिकाहरुले यार्सागुम्बालाई हिमालीहरुको जिविकोपार्जन को आधारका रुपमा ब्याख्या गरेका छन् । गत बर्ष सन् २०१७ को अगस्त महिनामा बिश्वप्रसिद्ध पत्रिका द डिप्लोमेटले पनि यार्सालाई जैवीक सुन अनि जिविकोपार्जनका आधारका रुपमा ब्याख्या गरेको छ । यार्सागुम्बाको खानी डोल्पा जिल्लामा केवल ७ प्रतिशत कृषकले मात्र बर्षभरि पुग्ने अन्न उव्जाउने तथ्याकं छ, खाधान्न संकटका लागि जोखिमपूर्ण रहेको डोल्पामा सबैभन्दा धेरै यार्सा पाइन्छ ।

करिब ९० प्रतिशत डोल्पालीहरु कृषी देखि बाहेक यसै जैविक सुनको संकलन बाट आम्दानी गर्ने गर्दछन् । द डिप्लोमेटका अनुसार उच्च हिमाली भेकमा जोखिमको उच्च बिन्दुमा रहेर पर्याप्त कपडा र मौसम सुहाँउदो जुत्ता बिना नै डोल्पालीहरु जैविक सुनको खोजिमा लागेका हुन्छन् । भयंकर पहाड, चिप्लीने भय लगायत अक्सीजनको न्यून उपलव्धतामा सुन संग खुशी साट्न डोल्पालीहरु लागिपरेका देखिन्छन् । केही बर्षअगाडि मनांग जिल्लामा यार्सा संकलनको बिवादमा दुईजनाको निर्मम हत्या भएको आरोपमा सन् २००९ मा ६ जनालाई आजिवन कारावास अनि १३ जनालाई हत्याको आरोपमा सजाय दिइएको पनि छ ।

यस्ता धेरै हत्या अनि हिंसाहरु यार्सागुम्बाका साइड इफेक्ट हरु हुन्, हिमालपारीको श्रोत अनि अधिकारको रक्षा पनि अत्यन्त कडी अनि चुनौतीका रुपमा नेपाल सरकार सामु छ । यार्सागुम्बामा उचित लगानी, नीति कार्यान्वयन अनि त्यसको दिघोपनाका लागि सरकार चनाखो हुन नसक्नु पनि हिमालपारिको दुर्भाग्य नै जस्तो भएको छ ।
जैविक सुन अनि सुनारेहरुको रक्षा हुन जरुरी छ ।

सुयोग ढकाल
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

सन् २०१९ को अन्तिमदेखि फैलिन सुरु भएको कोरोनाभाइरस (कोभिड–१९) ले विश्व आक्रान्त बनेको छ । यसबाट संक्रमित २९ लाख ८४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सहरुलाई निजी अभ्यास नगर्ने व्यवस्था कडाइका साथ लागू गर्न माताहतका निकायलाई पत्राचार गरेको

काठमाडौं। नेपालमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण तिब्र रुपमा बढेपछि सरकारले देशका १४ जिल्लालाई उच्च जोखिममा राखेको छ। स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला समय बालबालिका तथा युवा संक्रमण कोभिड संक्रमण बढ्दै गएको छ भने ज्यान गुमाउने पनि