
एटिएमबारे केही तथ्य
२५ माघ २०७५, शुक्रबार ०८:३२
एटिएम अर्थात् अटोमेटेड टेलर मेसिन बैंकिङ कारोबारको भरपर्दो र छरितो सेवा हो । बैंक धाउन नपर्ने र सुरक्षित पनि भएकाले एटिएम प्रयोग गर्नेको संख्या आजभोलि बढ्दो छ । अब जानौँ एटिएमबारे केही तथ्य :
– जोन सेफर्ड बारोनले एटिएम बनाएका थिए । जो बेलायती सेनामा जागिरे पनि थिए ।
-सन् १९६७ मा पहिलोपटक एटिएम मेसिन लन्डनको एक बैंकमा राखिएको थियो ।
-सुरुमा एटिएम कार्डलाई ‘होल इन द वाल’ नाम दिइएको थियो ।
– प्लास्टिकको कार्ड प्रयोगमा आउनुभन्दा अघि मेसिनमा चेकको प्रयोग गरिन्थ्यो । चेकमा १४ वटा कार्बन लगाइने गरिन्थ्यो ।
– सुरुसुरुमा एटिएम मेसिनबाट एकपटकमा बढीमा १० पाउन्ड मात्र निकाल्न सकिन्थ्यो ।
– आविष्कारक सेफर्डले एटिएमको पिन नम्बर ६ अंकको राख्न चाहन्थे । तर, उनकी श्रीमती क्यारोलिनले चार अंक मात्र याद हुने भनेपछि त्यति नै अंकको पिन नम्बर राख्न थालियो ।
– नेपालमा सर्वप्रथम सन् १९९५ मा हिमालयन बैंकले एटिएम प्रयोगमा ल्याएको थियो । त्यो न्युरोडस्थित कार्यालयमा थियो
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने
यदि तपाई नेपाल र विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग जुटिरहन चाहनुहुन्छ भने, ‘नेपाली पात्रो’मा समाचारको नयाँ सुविधा सहितको Android
काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । कार्यालय