Lifestyle Portal
  •   २३ बैशाख २०७८, बिहीबार

शुरु भयो गर्मी, यसरी गर्नुस् स्वास्थ्यको ख्याल (टिप्ससहित)

४ चैत्र २०७५, सोमबार ०८:४५

नेपालमा विशेषगरी चैत–वैशाखको गर्मी भन्ने गरिन्छ । चैतदेखि जेठसम्म सूर्यबाट आउने तातो किरणले नै गर्मी बनाउँछ ।

यो समय सुख्खा हुने तथा हावाहरी पनि चल्ने समय हो । गर्मीको समयमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरु बढि देखिन्छन् । जाडोमा प्रायः चिसोका कारण रुघाखोकी जस्ता समस्या देखिने भएपनि गर्मीको समयमा धेरै किसिमका स्वास्थ्य समस्या आउँछन् ।

हामीले अनुभव गरेकै छौं, गर्मी बढेसँगै पखला लाग्छ, खानेकुरा पच्दैन, फूड प्वोइजन हुन्छ । यहिबेला हो, छालाको संक्रमणदेखि टाउको दुख्नेसम्मको समस्या हुने । गर्मीमा शरीर आलस्य हुन्छ । थकाई लाग्छ ।

यस्तै झिँगाबाट फैलने रोगहरु लाग्ने, लामखुट्टेले टोक्ने, साङ्लाले दुःख दिने समय पनि गर्मीमै बढि हुन्छ ।

गर्मीयामको सबै नकारात्मक कुराहरु मात्र छैनन् । गर्मी समयलाई राम्रोसँग सदुपयोग गर्न पनि सकिन्छ ।

निरन्तर चलिरहने प्राकृतिक मौसमअनुसार आफूलाई पनि अलर्ट राख्नुपर्छ । जस्तै खानेकुरा, सरसफाईं लगायत दैनिकीसम्मका क्रियाकलापहरुमा मौसम वा समयअनुसार चल्न सक्नुपर्छ ।

गर्मी याममा आफ्नो स्वास्थ्यको ख्याल गर्न निम्न उपायहरु अपनाउन सकिन्छः

१. गर्मीमा बढी पसिना आउने भएकाले शरीरमा पानीको कमी हुनसक्छ । त्यसैले, पर्याप्त मात्रामा पानी वा झोलयुक्त पदार्थ पिउने ।

२. आँखाको सुरक्षाको लागि सनग्लास प्रयोग गर्ने, आँखालाई धुलो, धुवाँ आदिबाट बचाउने ।

३. मौसम अनुसारको सागपात, फलफूलको सेवन गर्ने । सडेगलेको, बासी, जथाभावी राखिएको खानेकुरा नखाने ।

४. सकेसम्म घर बाहिरको खानेकुरा सेवन नगर्ने । फूटपाथको खानेकुरा, जस्तै चटपटे, पानीपुरी, मम, चाउमिन जस्ता खानेकुराले पाचन प्रणालीलाई खराब गर्न सक्ने भएकाले यस्ता खानेकुरा सकेसम्म नखाने ।

५. सरसफाईमा विशेष ध्यान दिने । पसिना बग्ने, धुलो–धूँवा शरीरमा टाँसिने भएकाले नियमित नुहाउने ।

६. घरबाहिर निस्कँदा पुरै शरीर ढाक्ने पहिरन लगाउने । धुलो, धूँवा तथा घामको सोझो किरणबाट छालालाई जोगाउने ।

७. आफ्नो घर, आँगन वा आफू बसोबास गर्ने आसपासको क्षेत्र सफा, सुग्घर राख्ने ।

८. पानी जम्ने खाल्डाखुल्डी, फोहोरको थुप्रो, कुहिएका बस्तुहरु हटाउने ।

९. रातमा सुत्दा झुलको प्रयोग गर्ने । लामखुट्टेको टोकाईबाट बच्न धूपलगायतका हानिकारक चिजहरुकाले प्रयोग नगर्ने ।

१०. बालबालिका, सुत्केरी, वृद्धवृद्धा तथा रोगीहरुको विशेष ख्याल गर्ने, उनीहरुको खानपान तथा नियमित सरसफाईंमा ध्यान दिने ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली प्राणवायु (अक्सिजन) को खाली सिलिन्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयको

काठमाडौं। कोरोना महामारीका क्रममा संक्रमितहरुले जथाभावी औषधि प्रयोग गर्न नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ। मन्त्रालयले बिहीबार एक

काठमाडौँ– नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ६६ हजार नाघेको छ । पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ

काठमाडौं । कोभिड–१९ संक्रमण भई होम आइसोलेसनमा रहेकाहरुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाटै उपचार सेवा लिन सक्ने व्यवस्था गरेको