
कोरियन भाषा परीक्षाको फारम सजिलै अनलाइनबाट यसरी फारम भर्नुहोस् !
८ चैत्र २०७५, शुक्रबार १०:४३
कोरियन भाषा परीक्षाको आवेदन फारम भर्दा अघिल्ला वर्षहरु जस्तो लाइन बस्नु नपर्ने भएको छ। आवेदन फारम अनलाइनमार्फत भर्न सकिने भएकाले लाइनमा बस्नु नपर्ने भएको हो।
इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको शुल्क समेत अनलाइनबाटै तिर्न सकिने व्यवस्था गरेको छ। यस वर्ष देखि कोरियन भाषा परीक्षाको शुल्क ग्लोबल आईएमई बैंकको अनलाइन तथा आईएमई–पे र ई–सेवामार्फत तिर्न सकिनेछ।
घरमै बसीबसी अनलाइनमार्फत रकम भुक्तानी गर्न र आवेदन भर्नसक्ने भएको हुँदा आवेदन भर्नको लागि रातिदेखि लाइनमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको इपिएस शाखाले जनाएको छ।
साथै शाखाले फारम भर्नेहरुलाई रातिदेखि लाइनमा नबस्न र नहतारिन आग्रह समेत गरेको छ। लाइनमा बसेर भर्दा पनि हुने भएता पनि रातिदेखि लाइनमा नबस्न शाखाको आग्रह छ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान चाहने कामदार छनोट गर्न कोरियन भाषा परीक्षाको आवेदन फारम फाल्गुन ८ गते शुक्रबार देखि खुलेको हो।
इपिएस शाखाका अनुसार ग्लोबल बैंकमा रहेको एकाउण्टमा पैसा जम्मा गरिसकेपश्चात प्राप्त हुने नम्बरका आधारमा अनलाइन फारम भर्ना सकिने व्यवस्था छ। अनलाइन फारम भर्नको लागि www.eoers.epsnepal.gov.np मा लगइन गर्नु पर्ने हुन्छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने
यदि तपाई नेपाल र विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग जुटिरहन चाहनुहुन्छ भने, ‘नेपाली पात्रो’मा समाचारको नयाँ सुविधा सहितको Android
काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले संस्थागत श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । कार्यालय