Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

पाकिस्तानमा अनर किलिगंको बिरोध गर्नेलाइ निर्मम हत्या

१४ चैत्र २०७५, बिहीबार १२:२१


पाकिस्तानको खुल्दो अर्थव्यबस्था अनि समाजको कुरा भइरहँदा अहिले पाकिस्तानमा एउटा यस्ता व्यक्तिको हत्या भएको छ जस्ले पाकिस्तानको वर्तमान शाषन र सुब्यबस्थामा नै बिशाल प्रश्नचिह्न तेस्र्याएको छ ।

त्यहाँको ह्यूमन राइट्स कमिशन अफ पाकिस्तानको रिपोर्ट अनुसार पाकिस्तानमा सन् २०१२ पछि मात्र अनर किलिगंबाट ४९०० भन्दा धेरैले ज्यान गुमाएका छन् । अनर किलिगं एउटा बिभत्स किलिगं हो जहाँ मारिने व्यक्तिका आफन्तले नै निर्ममतापूर्वक उनीहरुलाई मारिदिन्छन् । मुसलमान कानुनको खिलाफ गएका र सामाजिक बिकृती ल्याउन सक्ने कुराहरु गरेका यूयूवतीहरुलाई अनर किलिगंको निशाना बनाइन्छ ।

गत हप्ता पाकिस्तानमा अफ्जल कोहिस्तानीको हत्या गरियो, उनलाई अनर किलिगंको बिरुदमा उत्रिने एकजना निडर मान्छे का रुपमा चिनिन्थ्यो । केहि समयअगावै उनी अवोतावादको प्रह्री कार्यालयमा आफ्नो सुरक्षाका लागि पुगेका थिएर तर दुर्भाग्य प्रहरीहरुले नै उनलाई निर्ममतापूर्वक कुटेर मरणसन्न बनाएर पठाएका थिए । त्यपपछि अफ्जल जसैतसै लुकेर जोगिएर त हिँडे तर दुर्भाग्य गतहस्ता यिनलाई गोली हानेर मारियो ।

अफ्जलको अनर किलिगं बिरुद्धमा जाने आफ्नै पारिवारिक कारण थियो । उनी पलास उपत्यकाका वासिन्दा हुन्, सन् २०१२ मा यिनका दुईजना भाईहरु र अन्य ४ जना महिलाहरु एउटा बिवास समारोहमा हासेर नाचेको भिडियो सामाजिक सञ्जालमा देखा परेको थियो । ति व्यक्तिहरुले यसरी हाँस्दै नाचेको इस्लामीक कानुन बिरुद्ध भएको कनेंर धार्मीक नेताहरुको ठहर भएपछि अफ्जलका भाईहरु र ति महिलाहरुको क्रमैसंग निर्ममतापूर्वक हत्या गरियो । स्थानीय धार्मीक नेता जावेद अजदखेलले भिडियोमा भएका केटा र केटीहरु अलग अलग समुदायबाट भएकोले उनीहरुलाई तत्कालै मार्न जरुरी भएको बताए र लगत्तै महिलाहरुको हत्या भयो र केहि समयमा अफ्जलका भाईहरुको पनि निर्ममतापूर्वक हत्या भयो । यसबिच अफ्जल र उनका भाईहरु ईस्लामावाद सुरक्षाका लागि नपुगेका पनि हैनन तर सरकार र संयन्त्रले उनीहरुलाई मद्धत गर्नु त परै जाओस् राम्रो सुनुवाई र ब्यबहारसम्म गरेन । भाईहरुलाई न्याय दिलाउन अफ्जलले ईस्लामावाद सर्वोच्च अदालत अगाडि नै केहि वर्षअघि धर्ना दिए र प्रेस वक्तव्य पनि निकाले ।

यिनी अनर किलिंग बन्द गराउन चाहन्थे तर त्यपछि नै यिनी पाकिस्तानी प्रहरी र धर्मगुरुहरुको आँखाको तारा बनें । करिब ७ वर्षसम्म आफ्नो ज्यान जोगाँउदै हिँडेको अफ्जलको अभियानमा सरकार र समुदाय सबै उन्लाई मार्न चाहन्थे, अवोतावादको प्रहरीको कुटाई जसोतसो झेलेका अफ्जलले केहि हप्ताअघि सर्वन बजारमा उनीमाथि चलाइएको ४ राउण्ड गोली थाम्न सकेनन् । सुजुकी पिकअप भ्यान भित्र रगतले लतपत अफ्जलको पार्थिव शरीर प्रहरीले बरामद गर्यो । अफ्जललाई अनर किलिगं अन्र्तगल आफ्नै भतिजाले मारेको पाइयो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन