
ईरानमा मदिरामाथिको प्रतिबन्ध घातक
१९ चैत्र २०७५, मंगलवार १२:००
ईरानमा अहिले मदिरामा प्रतिबन्ध छ तर अचम्मको कुरा त के भनें भर्खरै ईरानका ख्यातिप्राप्त राजनितिज्ञ अनि सामाजिक अभियन्ताले मदिरामाथिको यो प्रतिबन्धले धेरै मानविय मुल्य चुकाउन परेको बताएका छन् । मोस्तफा ताजाहिद पूर्व सरकारी कर्मचारी अनि चर्चित अभियन्ता र ईरानी राजनितिक विष्लेषक अनि राजनैतिक नेता हुन्, उनले ट्वीट गरेर सरकारलाई यो प्रतिबन्ध फुकुवा गर्न भनेका छन् ।
सन् २०१८ को अक्टोबरमा मात्र त्यहाँ विशाक्त मदिराको सेवनले ८४ जना मारिएको तथ्य छ, यसरी मदिरा प्रतिबन्ध हुँदा मानिसहरु विशाक्त मदिरा सेवनतर्फ लागेको र ज्यानमा जोखिम बढ्ने मोस्तफाको तर्कलाई ईरानका स्वास्थ मन्त्रालयका प्रवक्ताले प्याकेट या सिलमा भएका मदिरा पनि विशाक्त हुन सक्ने अर्को तर्क दिएका छन् । ईरानी स्वास्थ मन्त्रालयका प्रवक्ता ईराज हराचीले सन् २०१८ मा ९५९ जनालाई विशाक्त मदिरा सेवनका कारणले उपचार गरिएको र ३०५ जनाको मृगौला बिग्रको र २७ जना दृष्टिविहिन भएको पनि ट्वीट गरेका छन् ।
ईरानको मदिरा प्रतिबन्धले अहिले झनै विकराल रुप लिएको छ, विशाक्त मदिराको बढ्दो प्रयोग र जोखिम अहिले ईरानको मुख्य चुनौती भएको छ । सन् १९७९ बाट नै ईरानमा मदिरामाथि रोक लगाइएको हो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत
बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन