
मोदीको बायोपिक हलमा भन्दा पहिला मोबाइलमा !
२१ चैत्र २०७५, बिहीबार ११:२६
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्र ‘पीएम नरेन्द्र मोदी’ हलमा प्रदर्शन हुनुभन्दा पहिला मोबाइलमा आएको छ ।
एक भारतीय एप्लिेकसन इरोज नाउले वेबसिरिज ‘मोदी– जर्नी अफ ए कमन म्यान’ आफ्नो डिजिटल प्लेटफर्ममा रिलिज गरेको छ ।
१० एपिसोडमा बनेको वेब सिरिजमा मोदीको बाल्यकालदेखि देशको प्रधानमन्त्री बनेसम्मको कथा देखाइएको छ । भारतको एक सामान्य मानिस देशको प्रधानमन्त्री कसरी बन्यो भन्ने विषयलाई कथामा समेटिएको छ ।
सिरिजमा १२ वर्षको मोदीदेखि अहिलेसम्मको अवस्थालाई चित्रित गरिएको छ । वेब सिरिजमा मोदीको भूमिका फैसल खान, आशीष शर्मा र महेश ठाकूरले निभाएका छन् । फिल्ममा मोदीको तीन अवस्थालाई देखाइएको छ ।
सिरिजको हरेक एपिसोड ३५ देखि ४० मिनेटको छ । अमरउजाला डटकमका अनुसार सिरिजको हरेक एपिसोडमा मोदीको जीवनको कुनै न कुनै अध्यायको बारेमा जानकारी दिन खोजिएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारत, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १०० औं स्वतन्त्रता दिवस आउनु अघिसम्म सरकारले नव भारत बनाउने लक्ष्य
भारतको हरियाणास्थित सोनीपतमा राष्ट्रिय कुस्तीवाज निशा दहिया, उनको २१ वर्षिय भाई, ८ वर्षिय एक बालक तथा आमा लगायत घरका ६
एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका
एजेन्सी, नोम पेन । राजनीतिक दलका नेताबिरुद्ध गालीग्लौज गरेको अभियोगमा कम्बोडियामा एक किशोरलाई कैद गरिएको छ । सत्तारुढ पार्टीका नेताबिरुद्ध