Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

सामसुङले ल्याएको फाइभ जी स्मार्टफोनमा यस्ता नयाँ फिचर छन्

२१ चैत्र २०७५, बिहीबार १४:०३


सामसुङ ग्यालेक्सी फोनको माग बढेसँगै दक्षिण कोरियाली बजारमा सामसुङको ग्यालेक्सी एस टेन स्मार्टफोनको फाइभ जी संस्करण बजारमा आउने भएको छ । जुन मेजेस्टिक ब्लाक, रोयल गोल्ड र क्राउन सिल्भर गरी ३ वटा रङमा उपलब्ध हुने भएको छ । सन् २०१८ को डिसेम्बर १ देखि नै दक्षिण कोरियाका व्यवसायिहरुले फाइभ जी नेटवर्क प्रयोग गर्दै आएका थिए ।

शुक्रबार बाट बजारमा आउन लागेको उक्त फोनमा ८ जिबी र्‍याम हुनेछ, भने २५६ जिबी र ५१२ जिबी गरी दुईवटा स्टोरेज अप्सनमा उपलब्ध रहने छ । रियल क्यामरा १२ मेगापिक्सेलको रहेको छ भने यसको पनि अप्सनमा १२ मेगापिक्सेलको सुपर स्पीड डुअल पिक्सेल वाइड एंगल लेन्स र अर्को १६ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स वाला क्यामरा हुनेछ । र सेल्फी मा भने १० मेगापिक्सेलको डुअल पिक्सेल रहनेछ ।

४५०० मिलि एम्पियर आवर क्षमताको ब्याट्री रहेको फोनमा फेस र फिंगरप्रिन्ट गरी दुईवटै सेन्सर रहेको छ । उत्त फोनमा ६.७ इन्जको स्क्रिन रहेको छ । – एजेन्सी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न हुँदै आएको छ । खास गरी विद्युत् उत्पादन पर्याप्त हुने

यदि तपाई नेपाल र विश्वभरका ताजा समाचार, ब्रेकिङ समाचार, अपडेटहरूसँग जुटिरहन चाहनुहुन्छ भने, ‘नेपाली पात्रो’मा समाचारको नयाँ सुविधा सहितको Android