Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

ब्रुनाईको निरकुंश ईस्लामीक कानुन

२१ चैत्र २०७५, बिहीबार १४:३०


ब्रुनाईमा नयाँ शरीया कानुन लागु गरिएको छ जुन निकै अमानविय र गैरकानुनी रहेको धारणा धेरै मिडियाकर्मी र राष्ट्रहरुले बताएका छन् । बलात्कार, गे बिवाह जस्ता कुराहरुलाई ढुगां हानेर मार्ने कानुन लगायत अन्य थुप्रै अपत्यारिला र अमानविय कानुनहरु अब ब्रुनाईमा लागु भएको छ ।

बोनिर्यो आइल्याण्डका अत्यन्त सानो देशहरुमध्य एक यस देशमा सुल्तान हसनल बोलकियाको शाषन छ, वर्षौसम्मको प्रतिक्षापछि उनले यी कानुनहरुलाई लागु गरेका हुन् । चोरहरुको हात र गोडा काटिदिने प्रावधान का साथै अब साउथइस्ट एसियाको सर्वाधिक निरकुंश र अमानविय कानुन भएको देशमा सूचिकृत भएको छ । यदि भगवान मोहम्मदको कुनै पनि कुराहरुलाई हानी गर्ने र नमान्ने कार्य गरेमा त्यहाँ सर्वाधिक अमानविय सजायको प्रावधान राखिएको छ, यो प्रावधान निकै विषयगत र खुल्ला विष्लेषण योग्य प्रावधान हो जस्लाई आआफ्नै हिसाबले परिभाषित गर्न सकिन्छ ।

अमेरिकाका समलिगीं गायक एल्टन जोनले ब्रुनाईको लगानी भएका होटलहरु अब विश्वस्तरमै ब्वाइकट गर्न आव्हान नै गरिसके । सुल्तानले राष्ट्रिय टिभी प्रसारणमा बोल्दै आफ्नो देशमा ईस्लामीक ज्ञानहरु सदैव दरिलो र प्रभावकारी भएको हेर्न चाहेको बताए ।
सुल्तानले सन् २०१३ मा नै यि कानुनहरु ल्याउने तयारी भएको बताएका थिए, यि सुल्तान विश्वका सर्वाधिक धनीमध्य एकजना हुन् । यी कानुनहरुको लागु भएलगत्तै दशकौंबाट एकजनालाई पनि मृत्यूदण्ड दिएको तथ्य भनें छैन ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन