Lifestyle Portal
  •   २१ असार २०७९, मंगलवार

पुरानो अर्थको चिन्ता (कविता )

१२ बैशाख २०७६, बिहीबार १०:४६

तेही पुरानो भट्टी
तेही पुरानो जोश
तेही पुरो अर्थ को चिन्ता

साथी !
हामी पनि पुन एकपटक
पुरानै भै दिने कि ?
तलाई पनि थाहा छ
मलाई पनि थाहा छ
न समय उही छ
न त त उही छस
न त म उही छु

तै पनि !
त्यो साधेको सुकुटी संगै ति भट्टी सुन्दरीको जवानीमा रमेर फेरी
एकपटक जिब्रो पट्कौने पो हो कि?

हिजो !
पट्याउने तनाब थियो
आज पाल्ने पालिने तनाब छ हिजो पढाई को गृहकार्य थियो
आज भबिस्य को गृहकार्य छ

तै पनि
भट्टी उस्तै छ
रक्सि को मात र बासना उस्तै छ भट्टी मा जड्या को गफ
बदलिएको छैन समय ले बदल्ने प्रयाश गरेपनि हामी हामी हुदा
बदलिएको छैनौ

तेसैले
साथी
फेरी एकपटक भट्टी मा पस्ने हो कि ?
वर्तमान मा बाचेर पनि मरियेकै छ भुत मा फेरी एकपटक बाच्ने हो कि ?
साथी एकपटक भट्टी पस्ने हो कि?

-अनिश कटवाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने

त्रिमूर्ति निकेतनले राजधानी काठमाडाैँमा आज सोह्रौँ त्रिमूर्ति दिवस मनायाे । त्यस अवसरमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता

नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ जना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । नइ