याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?


घडी लगाउनमा हामीमध्ये सबै सौखिन नै हुन्छौ । नयाँ–नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ । तर एउटा कुराको याद सायद हामीमध्ये कमैले गरेका होलाउँ । डिस्प्लेमा राखिएका घडीहरुमा कति बजेको हुन्छ भनेर । त्यो भन्दा बढी हामी घडीको डिजाइन र मूल्यमा नै केन्द्रित हुन्छौ ।

यसरी विज्ञापनमा राखिने घडीमा चाहे जति नै बेला किन नहोस् त्यो घडीमा १० बजेर १० मिनेट गएको हुन्छ । आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ? यसको कारण यस्तो छ । घडीमा दश बजेर दश मिनेट गएको समयमा घन्टा सुई र मिनेट सुईको अवस्था यस्तो ठाउँमा हुन्छ जसले हाँसेको मानिसको मुखाकृति जस्तो देखाउँदछ ।

चित्रमा बनाइने हाँसेको मुखाकृति जस्तै घडीको सुईले बनाइदिन्छ । सायद हँसिलो स्वरुप देखाउनका लागि पनि विज्ञापनका घडीमा दश बजेर दश मिनेट बनाइएको हुन्छ । अर्को कारण हो, विजयको सूचक । दश बजेर दश मिनेट जाँदाको अवस्थामा घन्टा सुई र मिनेट सुई अंग्रेजी अक्षर ‘भी’ को आकारमा हुन्छ । ‘भी’ को अर्थ भिक्ट्री अर्थात विजय भन्ने हुन्छ ।

सायद सबैभन्दा सर्वेश्रेष्ठ घडी यहीँ हो भन्ने कुरा देखाउनका लागि हुनसक्छ यसो गराइएको । सबैभन्दा महत्वपूर्ण कुरा त के भने घडीभित्र लेखिएको ब्रान्डको नाम तथा लोगो प्रष्ट रुपमा देखाउनका लागि समेत दुवै सुईलाई यसरी माथि राखिएको हुनसक्छ । कतिपयका अनुसार जब पहिलोपटक वैज्ञानिकहरुले घडी बनाए तब ठ्याक्के दश बजेर दश मिनेट गएको थियो । त्यसैलै घडीको डिफल्ट समय नै दश बजेर दश मिनेट बनाइएको हुनसक्छ । -एजेन्सी


Loading comments...