Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

अन्नपूर्ण! एउटा अद्भूत सुन्दरता बोकेको भयानक शिखर

२२ जेष्ठ २०७६, बुधबार १७:००


अन्नपूर्ण देविको काठमाण्डौं असनमा भएको मन्दिरको कथा देखि आधूनिक कालमा हलिउडमा निकै बिख्यात चलचित्र बनाएको र बनाउने अन्नपूर्ण फिल्मससम्म यो नाको ख्याती छ । अन्नपूर्ण देवीको यस नाममा चलचित्र निर्माता कम्पनी देखि सञ्चार माध्यमको नाम, नेपाल वायू सेवा निगमको जहाज अनि ८०९१ मिटरको विश्वप्रसिद्ध हिमालको नाम पनि जोडिएको छ ।

आज हामी हिमालको नाममा केन्द्रित हुन चाहन्छौं, अद्भूत सुन्दरता बोकेको तर भयानक यस हिमाल । धेरैजना नेपाली एवं विदेशीहरु अन्नपूर्ण सर्किट ट्रेक गर्न जान्छन् अनि अदभूत हिमालको निकटतम दृश्य हेरेर आउँदछन् । विश्वको उँचाईगत वरीयतामा यस शिखर १० औं स्थानमा पर्दछ, तर सर्वाधिक डरलाग्दो र अप्ठेरो यस हिमालको भय विश्वभरिका आरोहीहरुको हृदयमा छ । गण्डकीको गल्छीले अन्नपूर्ण र धौलागीरीलाई फरक पारेको छ, गण्डकी खोला र गल्छी भन्दा ५५ किमी पूर्वमा यस हिमाल छ ।

विश्वभरिका ८००० मिटर माथिका १४ वटा ८००० मिटर माथिका हिमालमध्य एउटा यस हिमालमा सर्वप्रथम सन् १९५० मा जुन ३ तारिखका दिन फ्रान्सेली आरोही मारुसी र लुईसले आरोहण गरेका हुन् । उत्तरपश्चिमी मोहडा वाट प्रथमपटक आरोहण गरिएको यस हिमाललाई आरोहीले काउलीफ्लावर फेस अर्थात फुलकोभीको अनुहार जस्तो भनी ब्याख्या गरेको पाइन्छ । संसारकै सर्वाधिक अफ्ठेरो शिखरमध्य अन्नपूर्ण चर्चित छ । स्मरण रहोस् प्रथम आरोही मारुसी र लुईसले बिना अक्सिजन बोतल आरोहण गरेका र शिखरसम्म पुगेका त हुन् तर आरोहण पश्चात अत्याधिक हिँउले खाएका कारणले यिनीहरुको औंला र पैंताला काट्न परेको थियो । सागरहरुको तल्लोभागमा पाइने लाइमस्टोनहरुले ८००० मिटर माथिका हिमालहरु बनाएको पाइन्छ, सगरमाथा, धौलागिरी लगायत अन्नपूर्णमा पनि लाइमस्टोनका पत्थर र चट्टानहरु पाइन्छ । अन्नपूर्णका आरोहीहरुको जीवन जोखिम प्रतिशत ३२ प्रतिशतको औसत छ, अन्य हिमालहरुको तुलनामा यो सर्वाधिक बढि हो ।


सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं- ‘किताब जात्रा’को पाचौं संस्करण भदौ २४ र २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा हुने भएको छ । किताब

Today, Bhim Parajuli, Mayor, Biratnagar Metropolitan City, Morang District, and Prashant Kumar Sona, Second Secretary,  Embassy of India, Kathmandu, jointly inaugurated

काठमाडौं- टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी ‘खोलो २ (५)’ १७ गते मंगलबारबाट सुरु हुने भएको छ। ‘खोलो २ (५):

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि