‘नासो’द्वारा ‘राष्ट्रिय अन्तरिक्ष चित्रकला’ तथा ‘वक्तृत्वकला प्रतियोगिता’ आह्वान


काठमाण्डौ, ११ भाद्र, २०७७ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस (असोज १) तथा विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४-१०) को सन्दर्भ पारेर संचालन गर्दै आएको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको आवेदन आजबाट खुल्ला भएको छ । विद्यालय तहको कक्षा ६ देखि १२ सम्ममा विद्यार्थी लक्षित यी कार्यक्रममा इच्छुक विद्यार्थीहरुले असोज १, २०७७ सम्म नासोको वेबसाइट मार्फत् आफ्नो आवेदन दर्ता गर्न सक्नेछन् ।

चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थी भाइबहिनीहरुले आवेदन दिन सक्नेछन । प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो र तेश्रो हुनेले क्रमश: गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन ।

त्यस्तै दोश्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थी भाइबहिनीहरुले आवेदन दिन सक्नेछन । प्रतियोगितामा प्रथम, दोश्रो तथा तेस्रो हुने विद्यार्थी भाईबहिनीहरुलाई पुरस्कार स्वरुप क्रमश: नगद रु १०,०००, रु ५,००० तथा रु ३,००० क साथै पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।

यी दुवै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई प्रोत्साहन स्वरुप सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा आवेदन दिनको लागि: www.nepalastronomicalsociety.org/spaceweek

कार्यक्रम सम्बन्धि थप जानकारी चाहिएमा, सम्पर्क टेलिफोन नम्बर: ९८४३७०८२४८

धन्यवाद,
सुरेश भट्टराई
अध्यक्ष
नेपाल एष्ट्रोनोमिकल सोसाइटी


Loading comments...