व्रत बस्नुका वैज्ञानिक आधार र फाइदा


हाम्रो समाजमा , विशेष गरेर हिन्दू धर्मावलम्बि, र त्यसमा पनि अधिकांश महिलाहरु धार्मिक दृष्टिकोणले व्रत बस्ने गर्छन र यसको मुल उद्देश्य देवी देवतालाई खुशी बनाउनु, परिवारमा सुख शान्ति भित्र्याउनु र श्रीमान्, सन्तान र आफ्नो सुस्वास्थ्यको वरदानको प्राप्ती गर्नु हो । धेरैलाई यो अन्धविश्वास पनि लाग्न सक्छ तर के साँच्चिकै व्रत बस्नु स्वास्थ्यको लागि फाइदाजनक हो त? यस्को वैज्ञानिक आधार के छ ? मेरो यो लेख यसै बिषयमा केन्द्रित हुनेछ ।

डा. ओम मुर्ति अनिल
मुटुरोग विशेषज्ञ

व्रत बस्ने बेलामा कम्तिमा १६ घण्टा खाना र क्यालोरी प्राप्त गर्ने कुनैपनी झोल कुरा नखाँदा बिभिन्न प्रकारका वैज्ञानिक फाइदाहरु अध्ययनहरुले देखाएको छ ।

१. तौल घटाउन मद्दत गर्छ: कम कलोरिलो सेवन र मेटबोलिक रेट बढ्नु र ग्रोथ हार्मोनको बढी उत्पादनले तौल घटाउनमा मदत गर्छ । तपाइ तौल घटाउन इक्छुक हुनुहुन्छ भन्, यो तरिका बाट सुरु गर्न सक्नु हुन्छ ।

२. कोलेस्टेरोलको नियन्त्रण: उपवासले फैटको मेटाबोलिज्म बढाएर कोलेस्टेरोलको नियन्त्रण गर्छ, साथै उपवासको बेल मान्शाहारी खानाको प्रयोग नहुनु र फल्फुलको प्रयोग बढी हुनुले पनि नराम्रो कोलेस्टेरोल र triglyceride घटौने र राम्रो कोलेस्टेरोल बढाउने सम्भावना हुन्छ ।

३. इन्सुलिन सेन्सिटिभिटी बढाउने: उपवासले बिभिन्न रसायनिक प्रकृयाको मदतले इन्सुलिनको कामलाई प्रभावकारी बनाउँछ र मोटोपना भएको व्यक्तिमा इन्सुलिन resistance को वातावरन हुनाले यस्तो व्यक्तिको लागी उपवास अत्यन्तै लाभदायक हुन्छ ।

४. रक्तचापको नियन्त्रण: उपवासमा क्यालोरी र नुनको प्रयोग कम हुने भएकोले उच्च रक्तचापको नियन्त्रण गर्न मद्दत गर्दछ ।

५. रोग प्रतिरोघात्मक क्षमतामा सुधार: रोगसँग लड्ने कोषको संख्यामा सुधार ल्याउनु र हानिपुर्र्याउने कोशहरुलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

६. cancer रोग लाग्नबाट बचाउन मद्दत गर्छ: उपवासले कोशहरुको मरम्मत गर्ने, स्वास्थ्य तन्तुहरुलाई सुरक्षित बनाउने र बिकार वा घातक पदार्थहरुलाई कोषभित्रै निस्कृय बनाउछ, हानिकरक हर्मोन (IGF-1) लाई नियन्त्रण गर्छ र अन्य कोष भित्रको गतिबिधिलाई साकारात्मक बनाएर cancer को जोखिम घटाउने तथ्य बिभिन्न जनावरहरुमा गरिएको अध्ययनले दावी गरेको छ ।

७. एसट्रेस र इन्फलामेसन (stress and inflammation) को नियन्त्रण: cancer, मुटुरोग, बाथ रोग्, स्नायुरोग र अन्य जटिल दिर्घ रोगरुको प्रमुख कारणहरु मधय एक एसट्रेस र इन्फलामेसन (stress and inflammation) प्रमानित तथ्य हो । उपवासले फ्री रडिकल (radical) ले हुने हानिलाई रोक्ने साइटोकाइन लाई नियन्त्रण गर्ने जस्ता अन्य रसायनिक क्रियामा साकारात्मक असर गरेर धेरै यस्ता रोगहरुको जोखिमलाई घटाउने वैज्ञानिक धाराणा भएको देखिन्छ ।

८. बुढोपनालाई रोक्ने (anti-ageing): उपवासले जिन, कोष्, तन्तु, हार्मोन्, immune, मेटाबोलिज्ममा प्रभाव पारेर व्यक्तिको शरिरलाई वास्तविक उमेर भन्दा कान्छो बनाउन सहयोग गर्न सक्छ ।

९. छालालाई आकर्षक बनाउछ: छालामा हुने कोलाजिन (collagen) र अन्य प्रोटिनहरुमा साकरत्मक असर गरेर छालालाई सुन्दर र आकर्षक बनाउदछ ।

१०. मस्तिस्कको कृयाकलापमा सुधार: उमेर अनुशार हुने मस्तिष्कको कृयाकलापमा हुने कमिलाई बिभिन्न तरिकाले सुधार ल्याउँछ ।

११. मुटुरोगिलाई फाइदा: मुटुको मान्स्पेसीलाई नष्ट हुनबाट बचाउने नयाँ मसिना रक्तनलिहरुको निर्माण गर्ने र अन्य मुटुभित्रका हानिकारक रसायनिक प्रतिकृयालाई नियन्त्रण गरेर मुटुरोगिहरुलाई ठुलो लाभ प्रदान गर्न सक्ने अनुसन्धानहरुको दाबी छ ।

१२. जीवनमा खुशीयाली ल्याउँछ: विश्वास नलाग्ला तर यो सही कुरा हो । तपाईं कुनै व्रतधारिलाई सोध्नुस वा आफै व्रत बसेको दिन सम्झिनुस्, त्यो दिन तपाईंले आफूलाई स्पेसल ठान्नुहुन्छ, तपाईंको सोच साकारत्मक र पवित्र हुन्छ । भित्रैबाट उमङ र उत्साह भरिएको हुन्छ, यस्को कारण उपवास, स्वछ आहरा र धर्ममा आस्था मात्रै नभएर वैज्ञानिक कारण पनि हुन्छ । उपवासले मस्तिस्कमा इन्डोर्फिन (endorphin) नामक हार्मोनको उत्पादन बढाउँछ जस्को प्रमुख काम मूडलाई फ्रेस गर्ने, खुशी बनाउने र शरिरमा स्फुर्ती ल्याउने हो ।

१३. भोकमाथी नियन्त्रण: उपवासले लेपटिन र अन्य (hunger) हार्मोनको स्तरमा सुधार गरी थ्य्रोइद हार्मोनको उत्पादन बढाएर मेटबोलिस्ममा सुधार ल्याउँदै भोक निर्धाराण गर्ने केन्द्र (satiety centre) मा असर गरेर व्यक्तिको भोकै बस्न सक्ने क्षमता बढाउँछ र त्यो भन्दापनि महत्वपूर्ण कुरा थोरै खाएर सन्तुष्टि हुने बानी बस्दछ, जस्ले गर्दा अत्यधिक खानाबाट हुने स्वास्थ्य समस्याबाट बँच्न सकिन्छ ।

१४. detoxification गर्छ: प्रायजसो हानिकारक रसायनहरुको शरिरमा भएको बोसोमा भण्डारन हुन्छ । उपवासले बोसोलाई खर्च गर्ने क्रममा (metabolism), स्टोर भएका धेरै टोक्सिनलाई शरिरबाट निस्कासन गर्छ ।

१५. मान्सपेसिलाई बलियो बनाउँछ: उपवासले ग्रोथ हार्मोनको (HGH) उत्पादन बढाएर, फ्याटलाई पगाल्ने र मान्सपेसिलाई बलियो बनाउँछ ।

हुन त माथी उल्लेख गरिएका सबै उपवासका फाइदाहरु मानव जातिमा अध्ययन गरेर पुस्टि भइनसकेको भएतापनि, प्रस्तुत तर्कहरु सान्दर्भिक देखिन्छन् । मैले उपवासका यी फाइदाहरुको बारेमा अध्ययन गर्दैजाँदा मन्-मस्तिस्कमा एउटा मात्रै कुरा बारम्बार हावी भएको पाए । हाम्रा पुर्वज्, सन्त्, ऋषि आदी रोग रहित लामो आयु बाच्ने यथार्त पछिको कारण अवस्यनै व्रत उपवास बस्नु र स्वच्छ साकाहरी खानै कुरामा पुर्णरुपले विश्वास गर्दछु । आधूनिक मानवको आयू घट्नु र नयाँ नयाँ रोग जन्मिनु पछाडिको प्रमुख कारण असन्तुलित र अत्यधिक भोजन नै हो भन्ने यथार्तलाई नकार्न सकिदैन ।

उपवास बस्ने बेलामा लिनुपर्ने सावधानिहरु :
१. गर्भवस्थामा उपवास वर्जित हुन्छ
२. सानो बच्चा भएको दुध खुवाउने आमाले उपवास गर्न मिल्दैन्
३. मधुमेहको औषधी सेवन गर्ने बिरामीले चिकित्सकको परामर्शा लिन जरुरी हुन्छ
४. रक्तचापको औषधी सेवन गर्नेले पनि विषेश ध्यान दिनु पर्छ र चिकित्सकको परामर्शा लिन जरुरी हुन्छ
५. मुटु, मृगौला, पेट्, कलेजो र अन्य दिर्घरोग भएको र त्यस्कोलागी औषधी सेवन गर्नेहरुले पनि विषेश ध्यान दिनु पर्छ र चिकित्सकको परामर्शा लिन जरुरी हुन्छ
६. उपवासले शरिरमा पानीको कमी हुनसक्छ्
७. उपवास विसेश गरेर माइग्रेन भएकाहरुलाई टाउको दुख्ने समस्या हुन सक्छ ।
८. निन्द्रा नलाग्ने र त्यस्बाट तनाव हुने सम्भावना पनि हुन्छ

उपवास बस्दा ग्यास्ट्रिकको सम्स्या हुनु पूर्ण सत्य होईन । उपवास बस्दा पेटमा एसिडको उत्पादन कम हुन्छ त्यसैले ग्यास्ट्रिकको समस्या पनि कम हुनुपर्ने हो तर कसै कसैलाई उपवास भएको बेलामा भोक लाग्दा, खाने कुरा सम्झिदा वा अरुले खाएको देख्दा मस्तिस्कमा त्यस्को असर भएर एसिडको उत्पादन बढ्न सक्छ जस्ले पेटमा एसिडिटी बढाउने (heart burn) अवस्था हुने गर्छ ।

यो लेख लेखने क्रममा मैले मैले उपवासको फाइदा नै फाइदा भेटे र न्युन बेफाइदा भेटे । यस लेख्ले मलाई व्रत गर्न प्रेरित गरेछ र म विश्वास गर्छु कि तपाईंलाई पनि पक्कै हप्ता वा महिनामा एक चोटी १६ घण्टाको व्रत गर्न प्रेरित गर्छ ।


Loading comments...