किन बिग्रियो अमेरिका इरान सम्बन्ध? अमेरिका र इरान सम्बन्धको नालीबेली


अमेरिका र इरान दुबै देशहरुले एक आपसलाई हानी गर्ने खाले केहि एतिहासिक कदमहरु गरेको इतिहास छ, दोश्रो विश्वयूद्ध पछि नै यि दुबै राष्ट्रहरु बिचमा खटपट भएको हो । यिनीहरुको संस्थागत दुश्मनी शुरु भएको चाँही ३० वर्ष भएको पाइन्छ, आउनुहोस आज इतिहासका ति घटनाहरुलाई लाइभमाण्डुमा ब्याख्या गर्न चाहन्छौं ।

suyog dhakal
लेखकः सुयोग ढकाल

अचम्मको कुराचाँही के हो भनें ईरानी सरकार र अमेरिकी सरकार दुबैका नेतृत्वले एकआपसको घृणालाई राजनैतिक तवरमा निकै प्रयोग गरेको पाइन्छ । ईरानको घृणा लाई अमेरिकी चुनावमा अनि अमेरिकी प्रतिको घृणालाई ईरानी चुनावमा बिशेष राजनैतिक मुद्धा बनाएर प्रस्तुत गरिन्छ । यसवर्ष ट्रम्प नेतृत्वको सरकारले इरानमाथि गरेको हर्कत ले भनें अमेरिकी सामन्तवादको नयाँ अध्याय नै प्रकट गरेको छ यद्धपी अमेरिकासंग पनि ईरानलाई घृणा गर्ने र बदला लिने प्रशस्त कारणहरु इतिहासका केहि काला दिनमा दर्ज नभएका हैनन ।

सन् १९७९ मा ईरानको अमेरिकी दुतावासवाट केहि जना अमेरिकी बिधार्थीहरु सहित दुतावासका कर्मचारी र अमेरिकी कुटनियोगका अफिसरहरुलाई ईरानले १४४ दिनसम्म बन्धक बनाएको थियो । उता ईरानले पनि सन् १९५६ को सिआइए कमको घटना भुल्न सकेको थिएन, सिआइएको संलग्नतामा मोहम्मद मोसादेदको प्रजातान्त्रीक सरकारलाई गिराएर अमेरिकाको नेतृत्वमा ईरानमा अमेरिकी समर्थक सरकार गठन गरिएको थियो । यो ईरानको इतिहासकै सर्वाधिक ठूलो प्रतिगमन थियो जस्ले ईरानको आधूनिक बिकासक्रमलाई धेरै समय रोकेर राख्यो । अमेरिकाले यसरी चुनाववाट निर्वाचित संसद बिघठन गरि मोहम्मद राइजा शाह पलावीलाई ईरानको नयाँ नायवी प्रधानमन्त्री घोषणा गरेको थियो । पछि सन् १९७९ को ईरान मा भएको जनआन्दोलनले अमेरिकी नायवी शाषकलाई सत्ताच्यूत गर्यो र नयाँ आयाम शुरु गर्यो ।

ईस्लामीक रिपव्लीक ईरान अमेरिकाको दुश्मन र अमेरिका ईरानको दुश्मन भएको आज ५० औं वर्ष भइसक्यो र नयाँ स्वरुपका बिभिन्न आक्रमण र आरोप दुबै देशले एकअर्कालाई लगाँउदै आएको छ ।

नागरीकको औसत आयू देखि साक्षरता र शिक्षाको दरमा अमेरिका र ईरानमा खासै फरक छैन भनें हलिवुड झैं ईरानी चलचित्रहरु पनि विश्वभरि निकै चाखका साथ हेरिन्छ । ईरान पनि भाषा, सभ्यता, संस्कार अनि सरलताको एउटा उदहारणीय समाज भएको देश हो । गत वर्षहरुमा ईरानले आर्थिक दर, बैज्ञानीक आविष्कार र नवप्रवर्तनहरुमा फड्को मारेको पाइन्छ ।

अमेरिकाको नजरमा ईरानले मध्यपूर्वमा एउटा अमेरिकी बिरोधी सामा्रज्य खडा गर्न चाहन्छ भनें ईरानले सदैव अमेरिकालाई आफ्नो प्रजातन्त्र, धर्म अनि संसदको दुश्मन ठान्दछ । कटुसत्य त के हो भनें ईरानको घृणा उजागर नगरि अमेरिकामा चुनाव जित्न र अमेरिका प्रतिको हेयभाव नल्याई ईरानमा चुनाव जित्न असंभव नै छ । सेप्टेम्बर ११ को हमला पछि अमेरिकालाई अलकायदा लगायत क्रमश आइसीस हरुसंग लड्न ईरानले प्रत्यक्ष र अप्रत्यक्ष सहयोग पनि नगरेको हैन, ईराकमा मारिएका ६०० अमेरिकी सेनाको मृत्यूको कारण ईरानले लगानी गरेका मिलीटरी ग्रुप हुन् भन्ने अमेरिकाको ठम्याई ले झनै दुई देशको समबन्ध बिगार्यो । हुन त प्यालीस्टाइनको हमासलाई ईरानले प्रत्यक्ष सहयोग गर्दछ र हमास दशकौं देखि इज्रेलको टाउको दुखाईको बिषय भएको छ । यसअर्थमा इज्रेलको प्रत्यक्ष प्रभावमा पनि अमेरिकाले ईरानलाई अहिले टार्गेट बनाएको हुनसक्दछ । यसका अलावा ईरानले लेवनन लाई हरेक वर्ष १ मिलियन अमेरिकी डलरको सहयोग दिएर त्यहाँको हजीबुल्लाह समुहको सशक्तिकरण गर्दै आएको छ । हजीवुल्लाह अहिले लेवनानको सत्तामा छ र स्मरण रहोस् हजीबुल्लाह र हमास दुबै अमेरिकी सूचीमा आतंकवादको कडा निशानाका समुहहरु हुन् ।

सन् १९८८ मा ईरानी आकाशमा उडेको नागरीक उड्ययनको गैरसैनिक बिमानलाई अमेरिकी मिसाइलले खसायो जस्मा २९० जना ईरानीहरुको मृत्यू भयो, अमेरिकाले त्यस कुराको जिम्मेवारी लिएन र कुनै क्षमा सम्म पनि प्रकट गरेन । अमेरिकाले त्यस्लाई भूल भएको जनायो तर ईरानले आफ्नो २९० जना नागरीकको जानीजानी हत्या गरेको तथ्य आत्मसाथ गर्यो । ईरान स्वतन्त्र रुपमा अमेरिकासंग बदला लिन चाहन्छ र अमेरिका ईरानलाई मध्यपूर्वमा कमजोर र एक्लो भएको देख्न चाहन्छ ।

संयूक्त अरब इमिरेट्स, साउदी अरब अनि इज्रेल ईरानका मध्यपूर्वका पुराना दुश्मनहरु हुन् जोसंग अमेरिकी सरकारको निकै निकटता छ । सन् २०१५ मा ईरानले परमाणु हतियार नबनाउने संझौता पनि गर्यो तर पटक पटक उस्ले यो तोडेको संयूक्त राष्ट्र संघ र अमेरिकाको आरोप छ ।


Loading comments...