मेरो पेशा रातमा सुरक्षा


यो आलेख साझा कथा हो, साझा अर्थात यहाँहरु सबैजनाको, हामीहरु सबैजनाको । म स्वीकार गर्दछु कि आजभोली नेपाली यूट्यूब अत्यन्त प्रदुशित छ, चित्त पर्ने अनि मन हर्ने कुराहरु नेपाली यूट्यूबमा विरलै पाइन थालेका छन् । हामी काण्डको खोजिमा छौं अनि भारइरल कन्टेन्टको निर्माणार्थ बसेका छौं तर यसको दुष्प्रभाव धेरै छ । अधिकांश विश्व यूट्यूबमा रुमल्लीन थाल्दा, ज्ञान, मनोरञ्जन अनि सूचनाहरु मा इन्टरनेटमा धेरै भर पर्न थालेको आजका पुस्ताका लागि एउटा स्वच्छ सफा अनि मौलिक इन्टरनेटको कन्टेन्टको अवश्यक्ता धेरै छैन र ?

भाइरल बाबाको यसरी भयो बिवाह

सञ्जु बाबा झ्यापमा के गर्दछन ?
गुराँस नानीको खुलासा

यस्ता प्रश्नोत्तरका शिर्षक राखेर नेपाली यूट्यूब प्रयोगकर्ताहरुलाई लमतन्न र उदेक लाग्दो कन्टेन्टहरु मात्र पस्किइरहेको छ, जुन गलत हो । यूट्यूबमा ज्ञान, मौलिकता अनि पहिचानका कुराहरु पनि हुन पर्दछ, भाइरल कन्टेन्ट आँफैमा नराम्रो हैन तर सबैजना यूट्यूब कन्टेन्ट उत्पादकहरु भाइरल बनाउने दौडमा हिँड्दाचाँही नेपाली यूट्यूब नेक्सस मलाई प्रदुशित नै लाग्दछ ।

यसो भन्दैमा सबै नेपाली यूट्यूबहरु त्यस्तो छन् भन्ने पनि हैन, सुस्तरि नयाँ अनि शालिन र दिघो चलन आँउदैछ । साझा कथा नामको एउटा यूट्यूब च्यानलमा रहेका कन्टेन्टहरुले मलाई पछिल्लो दिन तान्न थालेका छन्, त्यहाँका कन्टेन्टहरुको मौलिकता अनि दिइन खोजिएको सन्देशको म खुलेर प्रशंसा गर्न सक्दछु । त्यहाँ देशका समस्याहरु, मुद्धाहरु, म जस्तै साझा मान्छेका कथाहरु, ब्यथाहरु अनि आशाहरु छन् । म आज त्यसै साझा कथाबाट एउटा कथाको त्यान्द्रो शव्दमा तान्दैछु, बढ्नुहोला मजा आउनेछ ।

काठमाण्डौको एउटा औसत कोठामा दाँत माझ्दै गरेकी चेली, छेउमा अण्डा उसिन्न राखेको छ । उनी महिला बाउन्सर हुन्, बाउन्सर अर्थात निजि सुरक्षाकर्मी जस्ता जो होटल या रेष्टुराँमा सुरक्षार्थ अनि भै परिआएका समस्या र व्यक्तिहरुसंग जुझ्नका लागि तैयर हुन्छन् । मलाई यी महिला बाउन्सरको कथाले छोयो, सामान्यतया बाउन्सर भनेंको पुरुषलाई राख्ने चलन हुन्छ । यो नेपालमा मात्र हैन यूरोप, अफ्रिका लगायत अन्य एसिया प्यासिफीक देशहरुमा मैले देखेको छु । महिला बाउन्सर सुन्दै कस्तो अचम्म अनि यूगान्तकारी शव्द, म एकटकले हेर्दै गएँ । ज्ञानु आचार्य ठमेलमा एउटा डान्स क्लबमा कार्यरत छिन्, साँझमा कोठाबाहिर निस्केर बिहान मात्र आउने जागिर खाएकी उन्को दैनिकिबारे उन्का घरबेटी देखि सहकर्मीसम्मको आवाजह अनि धारणाहरु यस भिडियोमा राखिएको छ । यो भिडियो लाखौं नेपाली चेबीबेटीहरुका लागि एउटा आँट बटुल्ने थलो हुनसक्दछ भनें पुरुषहरुका लागि नारी सम्मानप्रतिको एउटा कोशेढुगां ।

आमाले बनाइदिनुभएको कानको झुम्का बेचेर तालिममा सहभागी भएकी ज्ञानुको आँट साधारण छैन, यो उन्को जीवनको एउटा बिम्ब पनि हुनसक्दछ जहाँ यिनले श्रृगारबाट माथि उठेर सार्मथ्यको पथको लागि तयारी गरिन् । उन्का कथामा उतार अनि चढाव दुबै छन्, आफूभन्दा अगाडिकी महिला बाउन्सरले नै कार्यस्थलमा नगरेको सहयोग देखि आफैंले आफ्नो लागि बनाएको बाटोको यात्रासम्म यिनले वयान गरेकी छिन् । डान्स क्लब सभ्यताको धरोहर मात्र हुनै सक्दैन, मदिराले डोहोर्याएको मानसिकतामा हुने हिंसा र अनुशासनहिनतालाई धेरै पटक यिनले आफ्नो सार्मथ्यले तह लगाएकी किस्साहरु पनि यिनले वयान गरेकी छिन् ।

यि नारी सबल छिन किनभनें यिनको दैलो जब उघारिन्छ तब धेरैजसो नारीहरु दैलोभित्र पस्ने तरखरमा हुन्छन्, धेरैजसो शहरवासीहरु निन्द्रामा रहँदै गर्दा प्लाष्टीकमा तरकारी र खानेकुराहरु बोकेर आफ्नो ड्यूटी सकाएर यिनी दैलो खोल्न पुग्छिन् । दिँउसो उठेर काम गर्ने र राती सुत्ने यस शहरका अधिकतम वासिन्दाका लागि ज्ञानु आचार्यको अनिन्द्राको कथा, जाग्रामको कथा एउटा उदहारण हो । भिडियो यसप्रकार छ ।

सुयोग ढकाल


Loading comments...