see

एसइई परीक्षा चैत १० गते देखि


राष्ट्रिय परीक्षा बोर्डले विहिबार एस.इ.ई. परीक्षाको तालिका सार्वजनिक गरेको छ । यस वर्षको एस.इ.ई. परीक्षा आगामी चैत १० गतेदेखि चैत २१ गते सम्म सञ्चालन हुनेछ।

परिक्षा तालिका निम्न बमोजिम रहेको छ ।

चैत १० गते अनिवार्य अङ्ग्रेजी,
चैत ११ गते अनिवार्य नेपाली,
चैत १३ गते अनिवार्य गणित,
चैत १४ गते अनिवार्य विज्ञान,
चैत १५ गते अनिवार्य सामाजिक,
चैत १६ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा,
चैत १७ गते ऐच्छिक प्रथमपत्र,
चैत १८ गते ऐच्छिक द्वितीयपत्रका सबै विषय,
चैत १९, २० र २१ गते प्राविधिकतर्फका बाँकी विषयको परीक्षा सञ्चालन हुने बोर्डले जानकारी दिएको छ।

नोटः परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।


Loading comments...