कोरोना भाइरस (COVID-19) रोगबाट कसरी आफू र अरूलाई बचाउने ?
हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ ।
कोरोना भाइरस श्वाशप्रश्वाश, प्रत्यक्ष सम्पर्क (अर्थातः संक्रमितले छोएका सामानहरु अथवा संक्रमित स्वयंमसँग हात मिलाउँदा, अंकमाल गर्दा) को माध्यमबाट सर्ने रोग हो । संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।
कोरोना भाइरस रोगको मुख्य लक्षणहरू
ज्वरो आउने (१००.४°F भन्दा माथि)
खोकी लाग्ने
श्वाश फेर्न गाह्रो हुने
यस्ता लक्षणहरू देखा परेमा नजिकको तोकिएको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नुहोस्।
नोभल कोरोना भाइरसबाट कसरी आफू र अरुलाई बचाउने?
ज्वरो र खोकी लागेको व्यक्त्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरू व्यक्त्तिबाट टाढा रहने र मास्कको प्रयोग गर्ने ।
खोक्दा वा हाछ्युँ गर्दा नाक मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई बिर्को भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन-पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाईजर प्रयोग गर्ने ।