कोरोनालाई जितेकी १०३ वर्षिय ईरानी आमा


आईआरएनए न्यूज एजेन्सी ईरानका अनुसार नाम नखुलाइएकी १०३ वर्षिय एकजना ईरानी आमालाई अहिले उपचारपछि कोरोना संक्रमण नेगेटिभ देखिएको छ ।

सेन्मान शरहको सेन्मान मेडिकल साइन्स विश्वविधालयका नेविजन डाक्स्यी नामक प्रवक्तालाई समाचार एजेन्सीले उद्धृत गरेको छ । यो ईरानमा भएको बढि उमेरका नागरीकले कोरोनालाई जितेको दोश्रो घटना हो, यस अद्धि यि महिलाभन्दा केहि हप्ता मात्र अघि एकजना ९१ वर्षकी अर्का पुरुष पनि कोरोना उपचार पछि पूर्णत स्वस्थ भइसकेका छन् । यि पुरुषलाई उच्च रक्तचाप र दम थियो, अस्पतालले यिनलाई प्रि एक्जीस्टीगं मेडिकल अवस्था भनेर ब्याख्या गरेको छ ।

१९ फेब्रुअरीमा ईरानले आफ्नो देशमा पहिलो कोरोनाबाट भएको मृत्युको केस दर्ता गरेको हो, आज एक महिना र केहि मात्र दिनपछि हजारौं हजार ईरानीहरु संक्रमणका कारणले मारिइसके भने विश्व नै लक डाउनको अवस्थामा छ ।

लाइभमाण्डु


Loading comments...