अमेरिकामा कोरानाले २ लाखको ज्यान जान सक्ने अनुमान


न्यू ओर्लियन्स र अन्य शहरका मेयरहरुले तिनीहरु छिटै मेडिकल सप्लाईको स्टक आउट हुने र त्यहाँ संक्रमीत संख्याको तुलनामा अस्पताल वेड अनि भेन्टीलेटरहरु कम भएको जनाएपछि त्यहाँ कोरोनाको भयले नयाँ उचाई लिएको छ ।

नेशनल इन्सटिट्यूट अफ एलर्जी एण्ड इन्फेक्सीयस डिजेजका निर्देशक एन्थोनी फाउसीले भर्खरै सिएननलाई दिएको अन्र्तवार्तामा अमेरिकामा मात्र १ लाख देखि २ लाखसम्म कोरोनाले नागरीकहरु मार्न सक्ने संभावना रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पको कोरोना विरुद्धको टास्क फोर्सका उच्चपदस्त नेता फाउसीले म यकिन गरेर यति नै मर्नेछन् त भन्न नसकुँला तर अहिलेसम्मको तथ्य, संख्या, संक्रमण अनि भाइरसको बुझ्न नसकिएको चलायमानताले परिस्थिती थप जोखिममा परेको छ । सन् २०११ पछिको डाटा हेर्दा करिब १२००० देखि ६१००० जनाको बिचमा अमेरिकीहरु फ्लु ले मात्र मारिएको फाउसीले बताएका छन् । सन् १९१८ र १९१९ मा भएको फ्लु प्यान्डेमीकमा करिब ६७५,००० अमेरिकीहरुको मृत्यु भएको थियो । फाउसीले पछिल्लो समयको तुलनामा अहिलेका हप्तामा टेस्टीगं टुल किट सहज उपलव्ध भएको पनि बताएका छन् । आइतवारको दिन मात्र २३०० बढि अमेरिकी कोरोनाले मारिइसकेका छन् । पछिल्लो तथ्याकंअनुसार १३०,००० भन्दा बढि अमेरिकीहरु कोरोना संक्रमीत भइसकेका छन् ।

अप्रिलको ४ तारिखबाट यहि दरमा संक्रमण भएमा न्यू ओर्लियन्स शरहमा भेन्टीलेटर उपलव्ध हुने छैन, अन्य धेरै शहरहरुको पनि अवस्था त्यस्तै रहेको बताइन्छ । न्यू योर्कका मेयर डिल डे व्लासीयो ले पनि अप्रिल ५ बाट न्यू योर्कलाई थप मास्क, पन्जा, स्यानीटाइजर र भेन्टीलेटर चाहिने जनाउ दिइसकेका छन् ।

लाइभमाण्डु


Loading comments...