दोश्रो विश्वयुद्धपछिको अर्को भयानक अवस्था कोरोना महामारीः यूएन प्रमुखको भनाई
अमेरिकामा संक्रमणको दर बढ्दो र पश्चिमी देशहरुमा झनै बढ्दो कोरोना संक्रमण र मृत्यु दरले गर्दा पछिल्लो अवस्थामा भएका घटना विवरण र मृत्युको बेथितीको आधारमा संयुक्त राष्ट्र संघका प्रमुख एन्तोनी गुइटेरसले यो अवस्था दोश्रो विश्वयुद्ध पछिको भयानक अवस्था रहेको बताएका छन् ।
मगंलबार मात्र अमेरिकामा ८०० जनाको कोरोनाका कारणले मृत्यु भएको छ, स्पेन र ईटालीले पनि यी हप्तामा दैनिक झैं मृत्यु भएको संख्याको दर बढ्दै गएको उल्लेख गरेका छन्, कोरोना अहिलेसम्मकै सर्वाधिक भयावह अवस्थाको कारक भएको छ ।
अमेरिकामा मगंलबारसम्म कोरोनाले मारिने मानिसको संख्या ३७०० भएको छ भने चीनमा कोरोनाले मारिनेको संख्या त्यो भन्दा कम केवल ३२८२ मात्र छ । पश्चिमा देशहरुले चीनको मृत्यु संख्यालाई सैयौं गुणाले जित्ने अनुमान गरिएको छ, ईटाली, बेलायत, फ्रान्स र स्पेनले आफ्नो देशमा मृतकहरुको संख्याको सर्वाधिक धेरै संख्या दर्ता गरिसकेका छन् । ईटालीमा मात्र १२४२८ जनाको मृत्यु भइसकेको छ, अहिलेसम्म ईटाली सर्वाधिक धेरै मान्छेहरु मारिएको कोरोना संक्रमीत देशको सूचीमा परेको छ ।
Taiwan starts asking all citizens to wear masks when they take public transportation today, as the country remains on high alert about the #COVID19 outbreak. Those who are feverish will not be allowed to go to trains stations or airports. https://t.co/qORmvOqoDU
— William Yang (@WilliamYang120) April 1, 2020
विश्वभरि ८५७,००० जना मान्छे संक्रमीत भएको र तिनमध्य केवल १७८,००० निको भई घर फर्केको र ४२,००० जनाको मृत्यु भइसकेको जन हप्कीन्स विश्वविधालयको तथ्याकं छ ।
संयुक्त राष्ट्र संघले आफ्ना सबै नियोग, सदस्य राष्ट्र अनि आसन्न संघसंस्थाहरुलाई चनाखो रहन अपिल गरिसकेको छ ।
लाइभमाण्डु