मुस्लीम प्रार्थना प्रसारण गर्दै बिबिसी बेलायत


बेलायतको बिबिसीले अहिले सेल्फ आइसोलेसनमा रहेका मुस्लीम समुदायका लागि भनेर आफ्नो प्रसारणमा मुस्लीम प्रार्थना समावेश गर्ने भएको छ । शुक्रवारदेखि बिबिसी बेलायतको रेडियो ४ स्टेशनमा मुस्लीम प्रार्थनाहरु प्रसारण शुरु भएको छ । क्रिस बर्नस बेलायतका बिबिसीको लोकल स्टेशनका मुख्य हुन, यिनका अनुसार आँउदो रामादानको पवित्र महिना र मुस्लीम सुमदयाले मस्जिद जान नपाएको अवस्थामा रेडियो मार्फत पवित्रताको सञ्चार गरिने बताएका छन् ।


मार्च २३ देखि बेलायतको सबै धार्मिक सभा सम्मेलन र प्रार्थना गृहहरु बन्द छन् । चर्च अफ ईग्लैण्डका पूजारीले पनि यस निर्णयको समर्थन गर्दै हरेक धर्मलाई सहयोग गरिनु र साथ लैजानु क्रिस्चियन मान्यता अनुरुप रहेको बताएका छन् ।

लाइभमाण्डु


Loading comments...