संक्रमणरहित वीरगञ्ज अभियानमा जनताको साथ, सरसफाई सचेतना सहित सेनिटाइज्ड गरिदैं


वीरगञ्ज २४ बैशाख । कोरोना भाईरस तथा कोभिड १९ को प्रकोपले विश्व नै आक्रान्त बन्न पुगेको छ । हाल सम्म विश्व भरी लाखौं मानिसले यस रोगबाट आफनो ज्यान समेत गुमाई सकेका छन ।

विश्व स्वास्थ्य संगठनले यस रोगको कुनै औषधि उपचार नरहेको जिकिर गर्दै आएता पनि समाजिक दूरी तथा व्यक्तिगत साफसफाई नै यसको मुख्य उपचारहरु मध्ये एक रहेको बताएको छ ।

यही यथावत कुराहरुलाई मनन् गर्दै स्व. गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले वीरगञ्ज महानगरलाई सोडियम हाइपोक्लोराइट नामक सर्फेस सेनेटाइजरबाट महानगरको अधिकांश वडाहरुलाई सेनेटाइज गरिसकिएको छ यस कार्यलाई जनताले स्वागत सहित साथ दिईरहेको जानकारी फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनले बताउनुभएको छ ।

वीरगञ्ज महानगरको ३२ वटै वडाहरु सेनेटाईज गरिने फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले जानकारी दिनुभएको छ । सदस्य कुर्मीका अनुसार हालसम्म वीरगंज महानगरको १ देखि वडा नं २५ सम्म सेनेटाईज गरिसकिएको छ ।

बाँकि रहेका वडाहरु सेनेटाईज भइरहेको तथा एक हप्ताभित्र सम्पूर्ण वडाहरुलाई सेनिटाइज्ड गरिसकिने जानकारी फाउण्डेशनका सचिव धिरज गुप्ताले बताउनुभयो । त्यस्तै मानव शरिरमा देशका विभिन्न स्थानमा भइरहेको किटनाशक छर्किने कार्यलाई पनि यथाशिघ्र रोकेर मानव स्वास्थ्यमाथि भइरहेको खेलवाड रोक्न समेत गुप्ताले आह्वान गर्नुभएको छ ।

“विश्व स्वास्थ्य संगठनले समेत प्रत्यक्ष मानव शरिरमा किटनाशक छर्किने कार्यले जटिल स्वास्थ्य समस्या बढाउने कुरा यस अघि नै सार्वजनिक भइरहेको हुँदा । हामीले यो संवेदनशिल कुरालाई विशेष सावधानी अपनाउँदै संक्रमण रहित वीरगञ्ज अभियानलाई अगाडी बढाइरहेका छौं । यसमा वीरगञ्जवासीले साथ र सहयोग गरिरहनुभएको छ ।” गुप्ताले लाइभमाण्डूसँग कुराकानीका क्रममा बताउनुभयो ।

“अगामी दिनहरुमा पनि पर्साका जनता तथा गरिब नागरिकहरुलाई फाउण्डेशनले परेको बेला यथासम्भव सहयोग गर्नेछौंं यसमा फाउण्डेशन प्रतिबद्ध छ ।” फोउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनले बताउनुभयो ।


Loading comments...