व्यक्तिगत विकास चाहनुहुन्छ ? छोड्नै पर्छ यी ५ बानी
कसलाई मन हुदैन र आफु जीवनमा सफल हुन तर बिभिन्न कारण हुन्छ जसले सफलताको बाटो रोकेको हुन्छ । हाम्रो सफलता र व्यक्तिगत विकासका लागि कयौ यस्ता बानीहरु छन् जसलाई छोड्न आवश्यकता हुन्छ ।
आज हामी तपाईलाई ५ यस्ता चीज र बानीको बारेमा बताउन गइरहेका छौं जुन हामीले व्यक्तित्व विकास तथा लक्ष्यप्राप्तिका लागि तत्काल छोड्न आवश्यक छ ताकि जीवनलाई सफल बनाउन सकियोस् । हुनसक्छ यसमध्ये तपाईँ कुनै चिज लिनुहुन्न तर यीमध्ये कुनै बानी तपाईँको व्यक्तित्वको हिस्सा बनेको छ भने त्यसलाई आजबाटै छोड्नुहोस ।
१. अर्काको नकरात्मक नसोंचौ
अर्काको नराम्रो गर्नु वा दुष्टताबारे रमाइलो मानेर सुन्नु हाम्रो जीवनको हिस्सा बनिरहेको हुनसक्छ । तर के तपाईँलार्इ थाहा छ नकारात्मकताको पहिलो खुड्कीलो यही हो… यो बानीले हामिलाई नकारात्मक बनाउँदै लैजान्छ । यसबाट बच्नको लागि तपाई अरुको नराम्रो कुरा पनि नसुन्नुहोस । यदि हाम्रो विचारमा नकारात्मक भए हाम्रो मार्ग र सफलताबाट भड्किन्छौ । यसबाट टाढै रहन तपाई यस्ता मानिसबाट टाढै रहनु राम्रो हुनेछ ।
२.आफुलाई अर्कोसँग तुलना नगरौं
प्राय मानिस आफ्नो तुलना अर्कोसँग गरेर दुखि हुने गर्दछन् । मानिस आफ्नो दुःखबाट भन्दा अरुको खुशीबाट जल्दछ र अझ दुखि बन्दछ । तर यो बानीले हामिलाई कहिले माथि उठ्न दिंदैन र यस्तोमा हामि आफ्नो क्षमतामाथि पनि ध्यान दिंदैनौ र सफलताबाट टाढिंदैजान्छौ । यदि कुनै व्यक्ति सुखि र सफल छ भने त्यो उसको क्षमता हो । उसलाई आफुसँग तुलना गर्नु व्यर्थ हो । यसभन्दा राम्रो हामि आफ्नो काम र कार्य कुशलतामा ध्यान दिअौं र आफूमा भएका कमी कमजोरीहरु हटाउनका लागि भरमग्दूर कोशिश गरौं ताकि हामीमा एक सकारात्मक ऊर्जा पैदा होस र हामी सफलताको मार्गतर्फ अघि बढ्नसकौं ।
३. अरुमाथिको निर्भरता
कयौं मानिसहरु अरु माथिको निर्भरताले सफल हुन सक्दैनन् । हामि जबसम्म अन्यमाथि निर्भर रहन्छौ तबसम्म सफल हुन सक्देनौ । यसको लागि आफै जिम्मेवार बन्नुहोस् र आत्मनिर्भर बनेर आफ्नो काम आफै गर्नुहोस् यसले तपाई सफल हुनुहुनेछ र अनुभव पनि प्राईत गर्नुहुनेछ । आफ्नो लक्ष्य निर्धारित गर्नुस् र अन्यको मद्दतको आशा नराख्नुहोस, त्यसलाई पाउने प्रयास गर्नुहोस । अर्काप्रतिको निर्भरताले हाम्रो कायरता र असक्षमतालाई दर्शाउँदछ ।
४. बितेको समयसँग अफसोस नगरौं
असफलता र गलति सबैबाट हुन्छ । तर जुन बिति सक्यो त्यसमा अफसोच गर्नाले हामि समयलाई व्यर्थ बनाउँदछौ । यसोगर्नाले न त हामि आज जित्न सक्छौं न त भविष्यकोबारेमा कुनै सहि निर्णय लिन सक्छौं । बितिसकेको कुरामा अफसोच गर्नुभन्दा राम्रो यो हुन्छ की हामि त्यसबाट पाठ सिकौं र आफूलाई सुधारेर भविष्यको बारेमा सोंचौ ताकि एक आकर्षक भविष्यको निर्माण गर्न सकियोस । बितेको कुराको याद गरेर दुखि हुँदा हाम्रो जीवन, निराशा र नकारात्मकताले भरिन्छ । जुन कुराले हामिलाई कहिले सफल हुन दिंदैन र भविष्यको बारेमा निर्णय लिन नसकस्ने बनाउँदैलैजान्छ ।
५. अफ्नो लक्ष्यमा केन्द्रित रहौं
सफल हुन एउटा लक्ष्यको आवश्यकता हुन्छ । त्योभन्दा पनि तपाईँ आफ्नो लक्ष्यमा केन्द्रित भइरहनु अर्को महत्वपुर्ण कुरा हो । तपाईँले जुन लक्ष्य निर्धारित गर्नु भएकोछ त्यसलाई नपाएसम्म आफ्नो लक्षयको बारेमा सोंच्नुहोस् र त्यसलाई पुरा गर्नमैं केन्द्रित हुनुहोस् । किनकि यदि तपाईँले दोस्रो कुरामा वा बीचमा आउने बाधा व्यवधानबाट ध्यान भट्काए तपाईँ आफ्नो लक्ष्यबाट विचलित हुनुहुनेछ र तपाई हताश हुनथाल्नुहुनेछ । जसले तपाईँलाई तपाईँको लक्ष्यबाट टाढा गर्नसक्नेछ ।