UPDATE | स्वर्गीय पुजारी श्रीराम साहको परिवार भन्छन्ः आर्थिक लेनदेन हत्याको कारण हुन सक्दैन (भिडियो)
रौतहट, भाद्र २०, २०७७ । रौतहटमा पुजारी श्रीराम साहको हत्या ‘आर्थिक लेनदेन’का कारण भएको भन्ने प्रहरी प्रतिवेदन झूठ रहेको कुरा पीडित परिवारका सदस्यहरूले बताएकाछन ।
उनको घरपरिवारकासँग उल्टै प्रहरीले प्रश्न गरेका छन, ‘पुजारी श्रीराम साह जो भिक्षा मागेर आफ्नो जीवन चलाइरहेका थिए, कसरी अरुलाई कर्जा दिन सक्यो ?’ परिवारका अनुसार यो सरासर गलत हो, वहाँले कसैलाई कर्जा-पैंचाे नदिएकाे बताए । यसमा पुनः छानबिन होस भन्ने पीडित परिवारकाे माग रहेकाे छ ।
त्यस्तै २ दिन अघि पुजारीको हत्यारालाई बचाउन षड्यन्त्र गरेको आरोप लगाउँदै स्थानीयले प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको कार्यक्रममा कालो झण्डा देखाएर विरोध गरेका थिए।
‘पुजारी श्रीराम साह जिन्दावाद ! हत्याराहरु मुर्दावाद !, हत्यारा लुकाउने नेता चाहिदैन ! पीडितलाई जिस्काउन पाइदैन, पुजारी श्रीराम साहको हत्यारा बचाउने षड्यन्त्र बन्द गर !’ जस्ता नारा लगाउदै स्थानीयहरुले प्रदर्शनसंगै मुख्यमन्त्रीको कार्यक्रम अवरुद्ध गरेका थिए ।
परिवारका सदस्यहरुसँगको कुराकानीको पुरा भिडियो हेर्नुहोस्ः
गत भाद्र ३ गते राती खाना खान भनी बसेको अवस्थामा पुजारी साहको कन्चटमा गोली हानी हत्या गरीएको थियो । आफ्नो नीजि जीवनप्रतिको स्वार्थ परित्याग गरी सन्त बनेर समाजिक जीवन बिताइरहेका पुजारीको हत्या भएको भन्दै खेसरहियावासीसहित रौतहटका आम नागरिकले निष्पक्ष छानबिनको माग गर्दै आएका छन् ।
घटनाको तेर्ह्रौं दिन भाद्र १५ गते पुजारी साहको हत्यामा संलग्न रहेको आरोपमा रौतहटको देवाही गोनाही नगरपालिकाको वडा नं. १ का स्थानीय रामनरेश पटेल तथा सोही ठाउँका बालकुमार पटेललाई प्रहरीले पक्राउ गरिसकेको छ । दुवै आरपीलाई भारतीय प्रहरीको सहयोगमा दुवैलाई बिहारको पूर्वी चम्पारणको मोतिहारीस्थित ढाकाथानाबाट पक्राउ गरी ल्याइएको छ ।
यस सम्बन्धमा प्रकाशित पछिल्ला सामाग्रीहरु
१) नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहद्वारा हनुमान मन्दिर बनाउने घोषणाको सामाग्री
२) १३ औं दिनमैं समातिए हत्यामा संलग्न २ जना आरोपी, घोषणा भएको भोलीपल्टै पुजारीको सम्मानमा मन्दिर शिलान्यास सम्पन्न